बाल क्लब व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न

कोहलपुर ।

अस्ट्रेलियन एड कारितास अस्ट्रेलियाको आर्थिक सहयोग र कारितास नेपालको आयोजनामा नेपाल जिविको पार्जन तथा उत्थानसिलता परीयोजना अनतर्गत रारा आधारभूत विद्यालयका प्रअ मान बहादुर खड्का र शिक्षकहरुको समन्वयमा बाल क्लब व्यवस्थापन र नेतृत्व विकास सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

गाभरको १ नम्बर होमस्टेमा सञ्चालन भएको थियो । रारा आधारभुत विद्यालयको चेतना वालक्लवका पदाधिकारीहरुलाई व्यवस्थापन र नेतृत्व विकास तालिम ऋषि शर्माले दिएका हुन । तालिममा विद्यालयका ३५ बालबालिका सहभागी रहेका थिए ।