Kohalpur Today Header Ads

नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने थापा पक्राउ




कोहलपुर ।

नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने एक जना पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलीले नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने दैलेख जिल्ला भगवती गाउँपालिका ७ तप्लुङमा घर भएका ३० वर्षका रमेश कुमार थापालाई पक्राउ गरेको हो ।

इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीका अनुसार ठगीको निवेदनका आधारमा उनलाई करिब ४ लाख रकम लिई फरार रहेका थापालाई माघ २५ गते सुर्खेतको विरेन्द्रनगरको पिपराबाट पक्राउ गरेको बताए ।

LIfe Ok

पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनसम्म हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भईरहेको डिएसपी तिवारीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २७ गते शनिबार