कोहलपुर -१२ रोहिणीखोला बजारमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

भगवती पोख्रेल, कोहलपुर

कोहलपुर नगरपालिका वडा नं १२ मा बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं -१२ रोहिणी खोला बजारमा बृहत सरसफाइ कार्यक सम्पन्न गरिएकोछ ।


हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर भित्रका विभिन्न स्थानहरुमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्ने उद्देश्यले ज्ञानोदय सामुदायिक पुस्तकालयको विशेष पहलमा कोहलपुर नगरपालिका नगर प्रहरी लगायत स्थानीय संघसंस्थाको समन्वयम कार्यक्रम गरिदै आएको हो ।


ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका उपाध्यक्ष मणि प्रसाद गैरेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन पुस्तकालयका सचिव एकराज शर्माले गरेका थिए ।

आयोजक संस्थाहरुमा’कोहलपुर नगर हाम्रो शहर, सफा राख्ने सबैको रहर’ भन्ने मुलनाराका साथ कोहलपुर बृहत सरसफाइ अभियान रहेको सचिव शर्माले जानकारी दिए । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा यो कार्यक्रम भैइरहेको छ ।

आयोजक संस्थाहरुः ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर नगर प्रहरी कोहलपुर, आवासको लागि सहयोग समूह (लुमन्ती), कोहलपुर र रोहिणी खोला बन उपभोक्ता समिति, टोल सुधार समिति रहेका थिए ।


यस् अघि प्रथम शृङ्खला कोहलपुर नगरपालिकाको वडा नं १२ को चपर्गौडी बजार, दोस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं ३ र ४ को मदनचोक, तेस्रो शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१४ को हवल्दारपुरमा, चौथो शृङ्खला कोहलपुर नगरपालिका वडा नं २ को पाँचौ शृङ्खला एन सि सि एन देखि किरणनाला सम्म, छैठौं शृङ्खला कोहलपुर नगरपालिका वडा नं -१५ र सातौ शृङ्खला कोहलपुर -१२ को उक्त स्थानमा भएको पुस्तकालयका सचिव शर्माले जानकारी दिए । साथै सचिव शर्माले यो महान कार्यमा स्व: स्फुर्तरुपमा जोडिन समेत आग्रह गरेका छ्न ।