कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—१२ मा रहेको ज्ञानज्योति माविले ३९औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्ण केसी ‘नमूना’ले वार्षिकोउत्सवको उद्घाटन गरेकी थिइन् भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
लुम्बिनी प्रदेशकी शहरी विकास मन्त्री कृष्ण केसी ‘नमूना’ले व्यवहारिक र प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेको बताइन् । सरकारी सेवामा लागेका शिक्षक, कर्मचारी, जनप्रतिनिधिहरुको बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्ययन/अध्ययापन गराउने निति ल्याउनुपर्नेमा जोड दिएकी थिइन् । विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै कोहलपुर नगरपालिका पूर्ण प्रसाद आचार्यले शत प्रतिशत अभिभावक विद्यालयसम्म ल्याउनु पर्नेमा बताए । कक्षागत रुपमा वार्षिकोत्सव मनाउने प्रचलन ल्याउनुहोस्, उनले भने, ‘यहाँ सबै अथिति बनेपछि पालिका र वडाको काम कस्ले गर्ने ? यो भन्दै गर्दा थप विरोध हुन्छ । तर कक्षागत रुपमा वार्षिकोत्सव गर्दा वडा सदस्य हुँदै अन्य व्यक्तित्वहरु समेत उपस्थित हुने र सबै अभिभावक विद्यालयसम्म आउने वातावरण तयार गर्न नगर प्रमुख आचार्यले अनुरोध गरे ।
सामुदायिक विद्यालयमा राजनितिककै कारणले शैक्षिक स्थिति खस्किएको भन्ने प्रचलन छ त्यसलाई सबै राजनितिक दलले दल भन्दा माथि उठेर विद्यालय बनाउन सबै लाग्नुपर्ने जिकिर गरे ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले बालबालिकाको भविष्य निर्माणमा कोही कसैले खेलवाड नगर्ने अनुरोध गरिन् । कोहलपुर नगरलाई शैक्षिक हव बनाउन सबै एकिकृत रुपमा लाग्नुपर्नेमा जोड दिएकी थिइन् ।
यस्तै कोहलपुर नगरपालिकाका विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो भनाई राखेका थिए ।
यस्तै विद्यालयका प्रअ विनोद शर्मा (लम्साल) ले आव २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन प्रस्तुत गर्दै ४ करोड २६ लाख २ हजार ६ सय ३१ रुपैया कारोबार भएको बताए ।

प्रतिवेदनमा कोहलपुर नगरपालिकाबाट प्राप्त अनुदानको विवरण, छात्रबृति विवरण, अन्य संघसंस्था तथा कार्यालयबाट प्राप्त अनुुदानको विवरण, सम्पती सामान खरिद/निर्माणको विवरण, कक्षातगत विद्यार्थी संख्याको विवरण, २०७९ सालमा कक्षागत तहमा उत्कृष्ट विद्यार्थीहरुको विवरण र २०८० साल असार मसान्त सम्मको मौज्दात विवरण समेत उल्लेख छ ।
२०७९ सालमा कक्षागत तहमा उत्कृष्ट विद्यार्थीहरुलाई मन्त्री नमूना, विव्यस अध्यक्ष पराजुली, प्रअ शर्माले पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्तै विद्यालयका प्रअ शर्माले १० वटा भावी योजना समेत प्रस्तुत गरेका थिए । जसमा कम्प्यूटर प्रयोगशाला र संगीत कक्षा निर्माण गर्ने, बाचनालय सहितको पुस्तकालय र इ लाइब्रेरीको व्यवस्था गर्ने, आधुनिक खेल मैदान र प्राप्त खेल सामग्रीको व्यवस्था गर्ने, एसटीईएम सहितको छुट्टै विज्ञान प्रयोगशाला निर्माण गर्ने, व्यवस्थित पार्किङ्ग र कार्यालयको भवनको निर्माण गर्ने, श्रव्य-दृश्य सामग्रीको व्यवस्था गर्ने, शैक्षिक सुधारका लागि निर्माणात्मक र उपचारात्मक शिक्षण विधिको व्यवस्था गर्ने र शैक्षिक संग्रालय लगायत रहेका छन् ।

यस्तै शर्माले प्रतिवेदनमा शैक्षिक सुधारका लागि गरिएका प्रयास, विद्यालयका समस्या तथा चूनौती र यस वर्षको शैक्षिक तथा व्यवस्थापकीय गतिविधिहरु समेत प्रस्तुत गरेका थिए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीले वार्षिकोत्सव भव्य रुपमा सम्पन्न गर्नुहुने मन्त्री नमूना, नगर प्रमुख, उपप्रमुख र वडाअध्यक्ष सहित सबै अभिभावक, शिक्षक, विद्यार्थीहरुमा धन्यवाद दिँदै आगामी दिनमा सहकार्य र समन्वयमा कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्