निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ७८ जना लाभान्वित

कोहलपुर  ।

बाँकेको कोहलपुर नगरपालिका(-७ लखनवारमा सञ्चालन भएको निःशुल्क शिविरबाट १ सय ७८ जना लाभान्वित भएका छन् ।

आज कोहलपुर नगरपालिका-७ को आयोजना तथा नगर स्वास्थ्य शाखा शहरी स्वास्थ्य केन्द्रको समन्वयमा भएको निःशुल्क चेकजाँच तथा औषधी वितरण एवम् परामर्श सेवाबाट १ सय ७८ जना लाभान्वित भएका हुन् ।

निःशुल्क शिविरमा पहिलो दिनमा १ सय ७८ जना लाभान्वित भएको नगर अस्पताल ल्याब ईन्चार्ज दीपक शर्माले बताए । शर्माका अनुसार १ सय ७८ जना मध्ये ७८ जनामा मधुमेह तथा सुगर जाँच गरिएको बताए ।

वरिष्ठ फिजिसियन डा. श्याम विक, डा. देवेन्द्र आचार्य, डा. सन्तोष थारुलगायतले बिरामीको चेकजाँच गरेका थिए ।

यस्तै शिविरमा नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरी, सहरी स्वास्थ्य केन्द्र ७ का प्रमुख शुधन बुढाथोकी सहित स्वाथ्यकर्मीहरु शारदा चन्द, राजकुमार थारु, आशिफ खाँन लगायत खटिएका थिए ।

कार्यक्रममा वडा नं.७ का वडा अध्यक्ष ठग्गा थारु, सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विक, स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक अनिल सेन ठकुरी लगायतले आ-आफ्नो धारणा राखेका थिए । भोलि (शनिवार) सम्म निःशुल्क शिविर चल्नेछ ।