कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका १० वडामा रहेको डाईनामिक माविका बालबालिकाले ‘बाल सिर्जना त्रैमासिक पत्रिका’ अंक २ सार्वजनिक गरेका छन् ।
डाईनामिक माध्यामिक विद्यालयका प्रिन्सिपल रविन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ५ देखि ९ सम्म अध्ययनरत बालबालिकाले ‘बाल सिर्जना त्रैमासिक पत्रिका’ अंक २ सार्वजनिक गरेका हुन् । बालबालिकाले आफूले लेखेका सिर्जनात्मक कलालाई आफ्नै शैलिमा बाचन समेत गरेका थिए ।
यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि होम प्रकाश सुवेदीले बालबालिकाको कला, सिर्जना र क्षमता देखेर मन आनन्दित भएको बताए ।
बालबालिकाले सिर्जना गरेका रचनात्मक साहित्य कलालाई मनदेखि नै सम्मान गरेको भन्दै निकै उत्कृष्ट गराउने र आवश्यक साहित्य क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुलाई विद्यालयमा ल्याई अझ थप बालबालिकाको क्षमतालाई वृद्धि गर्ने अध्यक्ष सुवेदीले बताए ।
विद्यालयका प्रिन्सिपल रविन्द्र रेग्मीले साहित्यप्रति बालबालिकाले निकै चासो देखाएको बताए । बालबालिकाहरुले साहित्यमा कलम चलाउँदा शिक्षा क्षेत्रमा समेत नयाँपन र नयाँ सोच आएको भन्दै साहित्य पनि एउटा शिक्षाको अभिन्न अंग भएको रेग्मी बताए । रेग्मीका अनुसार आगामी नयाँ शैक्षिक सत्रबाट अंग्रेजीमा त्रैमासिक पत्रिका निकाल्ने बताए ।
यस्तै साहित्यकार सागर गैरेले बालबालिकाको क्षमता, विचार लगायत कलाको प्रर्दशनी गर्न स्थान दिनु निकै उत्कृष्ट काम भएको भन्द्र निकै प्रशंसा गरे ।
यस्तै विद्यालयका सहायक प्रिन्सिपल संजिव पौडेलले बालबालिका सिर्जना तथा बाल कलाको प्रस्फुटन गर्ने लक्ष्य र उदेश्यले सुरु गरेको बताए ।
‘बाल सिर्जना त्रैमासिक पत्रिका’को प्रधान सम्पादक विद्यालयमा अध्यापन गराउने शिक्षक जुना भट्टराई रहेकी छिन् भने प्रबन्ध सम्पादक ओम प्रकाश न्यौपाने रहेका छन् ।
यस्तै पत्रिकाको सल्लाहकारमा होम प्रकाश सुवेदी, रविन्द्र रेग्मी, शारदा प्रसाद कोईराला र संजीव पौडेल रहेका छन् ।
यस्तै पत्रिकाको सम्पादक मण्डल १६ जना छन् । जसमा दिक्षा भट्टराई, खुस्बु चौधरी, भिष्मा माया थारू, प्रशंसा गाह मगर, रसिक राज थारू, आस्ना सुनार, प्रणिता शर्मा, सार्थक सुवेदी, स्नेहा अधिकारी, हेमराज रावत, सुष्मा जैसी, श्रेया पौडेल, शब्द श्री शर्मा, रविन विसी, रमेश जैसी, समीप पौडेल रहेका छन् ।
कक्षा ५ देखि ९ सम्म अध्ययनरत १ सय २० जना बालबालिका ‘बाल सिर्जना त्रैमासिक पत्रिका’ अंक २ मा साहित्य सिर्जनात्मक कला समावेश भएका छन् । ‘बाल सिर्जना त्रैमासिक पत्रिका’ अंक १ २०८० भदौ १९ गते सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्