कला ‘जिग्री’को ट्रेलर सार्वजनिक




काठमाडौं ।

चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ।

फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र ‘जिग्री’मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण छ ।

आकाश मगरले निर्देशन गरेको चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाललगायत कलाकारको अभिनय छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमबार