कला ‘जिग्री’को ट्रेलर सार्वजनिक

काठमाडौं ।

चलचित्र ‘जिग्री’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा पैसाको चक्कर र दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई प्रस्तुत गरिएको छ।

फागुन ४ गते प्रदर्शनमा आउने चलचित्र ‘जिग्री’मा कमेडी–क्राइम–एक्सन–ड्रामाको मिश्रण छ ।

आकाश मगरले निर्देशन गरेको चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाललगायत कलाकारको अभिनय छ।