कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महाआरती धर्म जागरण महा-महोत्सवमा ६ लाख बढि संकलन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको शिव मन्दिरको सार्वाङ्गीण विकास लागि कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महाआरती धर्म जागरण महा-महोत्सवमा आजसम्म ६ लाख बढि संकलन भएको छ ।

महा महोत्सवमा अहिलेसम्म निरक बहादुर शाहीले ५७ हजार १ सय २५ रुपैया दान दिएका छन् भने ज्ञानेन्द्र प्रसाद आचार्य र आमा मोति जैसीले ५५ हजार ५ सय ५५ रुपैया दान दिएका छन् ।

यस्तै लंका शाहीले २३ हजार ५५, ज्ञान बहादुर खत्रीले २१ हजार र प्रयागजंग थापाले २० हजार ६५ रुपैया दान दिएका छन् भने अन्य करिब ७६ जनाले दान दिएका छन् ।

शिव मन्दिर धर्म सेवा समितिका अध्यक्ष दुर्गा जैसीले महा महोत्सवमा आउन आग्रह गरेका छन् । विभिन्न पाठपुजा हुने भएकोले सम्पूर्ण भत्तजनहरुलाई आउन अनुरोध गरेका छन् । सेवा सम्मानका विविध प्रकारहरु राखेका छन् ।

जसमा ५ सय भन्दा कम रकमको लागि दान पेटिका र बढि रकमलाई रसिद दिने व्यवस्था गरेका छन् ।

१ हजार भन्दा दान गर्ने दातालाई सम्मान पत्र, २ हजार भन्दा बढि दान गर्ने दातालाई सम्मान पत्र प्रदान साथ रामनामी प्रदान गर्ने, ५ हजार भन्दा बढि रकम दान दिने दातालाई आरतीकर्ताको सम्पूर्ण सम्मान प्रदान र फ्रेम युक्त सम्मान पत्र, १० हजार भन्दा बढि रकम दान दिने दातालाई माथिका सबै सम्मान र पञ्चेबाजा बजाएर शिलालेखमा नाम लेखिने, २० हजार भन्दा बढि रकम दान गर्ने दातालाई माथिका सबै सम्मानसंगै माउन्ट फ्रेममा सम्मा सहित उपसभा नायकको आसन ग्रहण गराइने शिव मन्दिर धर्म सेवा समितिका अध्यक्ष जैसीले बताए ।

यस्तै ५० हजार भन्दा बढि रकम दान दिने दाताहरुलाई भने माथिका सम्पूर्ण सम्मान र नगर परिक्रम गराएर सभा नायकको आसन ग्रहण गराउने र १ लाख भन्दा बढि रकम दान गर्ने दातालाई भव्य सम्मान र दान सिरोमणी तथा महा नायकको आसन ग्रहण गराइने समितिका अध्यक्ष जैसीले बताए ।

यस्तै समितिका महासचिव निरक बहादुर शाहीका अनुसार कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महाआरती धर्म जागरण महा—महोेत्सवमा आजसम्म ६ लाख १८ हजार ८ सय ६५ रुपैया संकलन भएको बताए ।

शाहीका कोहलपुर सुन्दरबस्ती श्रृङगारिक महाआरती धर्म जागरण महा-महोेत्सव १९ गतेसम्म सञ्चालन हुनेछ ।