नेपालगञ्जमा व्युटी एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर सञ्चालन

कोहलपुर ।

नेपालगन्जको बागेश्वरी मन्दिरको मिनी मार्केटमा व्युटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टर आजबाट सञ्चालन भएको छ । आज (बुधबार) मिस नेपालगन्ज-२०१५ मा बिजेता सुमन थापाले व्युटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरको उद्घाटन गरेकी थिइन् ।

व्युटि एण्ड सलुन मेकअप ट्रेनिङ सेन्टरका सञ्चालक सहिना हल्वाईले थ्रेडीङ्ग, फेसियल, वाक्स, सिम्पल मेकअप, हबी मेकअप, ब्राईडल मेकअपको कामहरु गरिने बताए । उनले मेकअप सम्बन्धी सम्पुर्ण ट्रेनिङ्ग समेत दिइने बताए ।

हल्वाईका अनुसार स्कीन केयर, सेल्फ मेकअप लगायत सौन्दर्यमा चासो राख्ने महिलाहरुलाई आफ्नो नयाँ स्टूडियो तथा ट्रेनिङ्ग सेन्टर खोल्नुको मुख्य उद्देश्य रहेको बताए ।

यस्तै उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, समाजसेवी, बुद्धिजिवी, व्यवसायी, पत्रकार लगायत शौन्दर्य सम्बन्धि काम गर्ने शौन्दर्यकर्मी लगायतको उपस्थिति रहेको थियो ।