बैजनाथ गाउँपालिको चिसापानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिका वडा नम्बर १ को कार्यालय चिसापानीको सभाहलमा शहिद दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ ।

मंगलबार भएको वक्तृत्वकला प्रतियोगिताको सभापति सुनौलो वाल क्लवकी नविना चौधरीले गरेकी थिइन् भने प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष रुप बहादुर मल्लले गरेका थिए ।

सुनौलो बाल क्लबले “वातावरण प्रदुषण न्यूनिकरणमा सरोकारवालाको भूमिका’’ भन्ने शिर्षकमा वक्तृत्वकला प्रतियोगीता भएको थियो ।

प्रतियोगितामा जनजागरण आधारभूत विद्यालयमा अध्ययनरत छात्रा आकृती वुढा प्रथम, स्काईल्यान्ड सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा करुणा शर्मा द्धितीय र क्रियटिभ सेकेन्डरी स्कुलमा अध्ययनरत छात्रा जेनिशा शाही तृतीय भएका छन् । आधारभुत तहका वालवालिकाहरुको विचमा प्रतिस्पर्धा भएको हो ।

प्रतियोगितामा १० जना छात्र र छात्राहरुले सहभागी भएका थिए ।

यस्तै बैजनाथ गाउँपालिका १ का वडा अध्यक्ष रुप बहादुर मल्लले वातावरण र मानिसको सम्बन्ध भनेको एउटा टायरमा हावा राख्ने सानो प्वालले गाडीलाई अडाएर राखेको हुन्छ, त्यस्तै हाम्रा बालबालिका पनि तेस्तै हुन ।

जसले भविस्यमा वातावरण सरसफाइ राख्ने ठूलो भुमिका रहेको भन्दै प्रतियोगितामा सहभागी भएका बालबालिकाको प्रशंसा गरे ।

यस्तै कारीतास नेपालका ऋषि शर्मा, कमला केसी, शान्ति रेग्मी, सुर्योदय माविका वि.व्य स अध्यक्ष र विद्यार्थीहरुको साथमा शिक्षकहरु पनि उपस्थिति रहेकोे थियोे । गौरव थापाले प्रतियोगिता सञ्चालन गरेका थिए ।