Kohalpur Today Header Ads

धनौलीले खजुराबाट ४० किलाे गाईको मासुसहित तीन जना पक्राउ, दुई जना फरार




काेहलपुर ।

बाँके प्रहरीले गाईको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, धनौलीको टोलीले खजुराको चमकदारपुरबाट ४० किलो गाईको मासुसहित सलमा साई, आलम साई र कलिमुन साईलाई पक्राउ गरेको हो ।

गाई काट्ने कार्यमा संलग्न दुई जना फरार रहेका छन् । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ४० किलो गाईको मासुसहित तीन जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको काेहलपुर टुडेलाइ जानकारी दिएका छन् ।

LIfe Ok

उनका अनुसार २०७७ साल आश्विन २६ गतेका दिन पनि बाँके प्रहरीले खजुरा गाउँपालिकाबाट ७ किलो गाईको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । सात किलो मासु, हड्डी र छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ बर्षीय चुन्नी खाँ, ५० बर्षीय शब्बीर खाँ र ३४ बर्षीय अब्दुल आशीक खाँलाई गाईको मासुसहित पक्राउ गरेको हो ।

सब्बीर खाँको घरदेखि अन्दाजी दुई किलोमिटर उत्तरपूर्वमा रहेको अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले शब्बीर खाँको घरबाट तीनै जनालाई नियन्त्रणमा लिएको र घटनास्थलबाट गाईको हड्डी र छाला बरामद गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १८ गते मंगलबार