Kohalpur Today Header Ads

प्रथम बैजनाथ महोत्सवमा रचना रिमाल बेजाेड प्रस्तुती, भोली गायिका ज्योती मगर आउँदै




बैजनाथ ।

सुमधुर स्वरकी धनी लोकप्रिय गायिका रचना रिमालले प्रथम बैजनाथ महोत्सवमा आफ्नो चर्चित गीत गाउँदै दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिए ।

महोत्सवको मंगलबार सातौ दिन फोटो फिरिममा, बोलको गीतबाट आफ्नो प्रस्तुतीबाट सुरु गरेकी गायिका रिमालले आफ्नो बजारमा चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइन् ।

LIfe Ok

गायिका रिमालले कहिले मिलन कहिले बिछोड, मया पिरिममा, मिनरल वाटर, उनको प्रीति, सम्झिनी पानी छम्किनी, तिमी पोख्रली म परे झापाली, लगायतका गीत मार्फत दर्शकहरुलाई नचाइन ।

त्यसै गरि महोत्सवलाई सफल बनाउन चर्चित उद्घोषिका तथा गायिका शोभा त्रिपाठिले विभिन्न गीत, साइरी मार्फत कार्यक्रमलाई थप रोचक बनाएकी थिइन ।

भोली माघ १७ गते चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर, टंक तिम्लसिना, गायिका जानकी तरामी मगर र डान्सर अस्मिता रणपाल लगाएत महोत्सव अवधिभर विभिन्न जातजाती तथा भाषाभाषीको संस्कृती झल्किने साँस्कृतिक कार्यक्रमहरु, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु. ५० रुपैयाँ टिकट दर कायम गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार