कोहलपुर महोत्सव बहुआयामिक र पृथक हुने घरेलु महासंघ

कोहलपुर ।

बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फाल्गुण ५ गते सम्म सञ्चालन हुन लागेको पाँचौँ औधोगिक लघु, घरेलु तथा कृषि, प्रविधि व्यापार महोत्सव-२०८० बहुआयामिक र पृथक हुने घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै घरेलु महासंघले स—साना उद्योगहरुबाट निर्मित सामाग्रिहरु, कृषिका विविध विद्यासंगै घरेलु हस्तकला काष्ठकला एवम् नेपाली कपडाका स्टलहरुसंगै व्यवस्थाले महोत्सवलाई आकर्षित गर्ने योजना रहेको जनाएको हो ।

‘मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने मुल नाराका साथ आयोजना हुने महोत्सवमा विभिन्न वस्तु तथा सामग्रीहरुका ३ सयदेखि ३ सय ५० वटा स्टरहरु रहेने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रम जि.सि.ले स्थानिय उत्पादनलाई प्रोत्साहान गर्दै उत्पादन गरेका वस्तुहरुलाई बजारीकरण गर्ने र फोरम उपलब्ध गराउने उद्देश्यले महोत्सव सञ्चालन गरेको बताए ।

‘स्थानिय उद्यमी, व्यवसायी तथा कृषकहरुले उत्पादन गरेका वस्तुहरुलाई महोत्सवमा निःशुल्क स्टल उपलब्ध गराउने छौं’ उनले भने, जसमा कोटा समेत छुट्याईको छ । सो स्टलका लागि समिति समेत बनेको छ सोही समिति मार्फत आउन आग्रह गरे ।

अध्यक्ष जिसीका अनुसार अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेश दिइने व्यवस्था मिलाइएको छ भने अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरुलाई मञ्चको अगाडी विशेष स्थान छुट्याइएको बताए ।

अहिले दुई वटा स्टेज हुनेछ भने सो स्टेजको अगाडी अतिथि, विशिष्ट अतिथि, जेष्ठ नागरिक, आयोजक, पत्रकार र कलाकारहरुलाई छुट्टाछुट्टै आशन ग्रहण गर्ने स्थान तय गरिने अध्यक्ष जिसीले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै घरेलु महासंघ कोहलपुरका महासचिव हिमलाल घिमिरेले स्वःस्र्फुत रुपमा १३ स्टलहरु बुकिङ भईसकेको बताए ।

ग्रामिण स्तरका किसानहरुको समेत स्टल राख्न आफुले चाहेको भन्दै स्थानिय सरकार र घरेलु कार्यालयको सहयोगमा उपलब्ध हुने निःशुल्क स्टल लिन किसानहरुलाई समेत आव्हान गरेका छन् ।

महोत्सवको अवधिभर विहानको १ घण्टाको टक शो कार्यक्रम सञ्चालन हुने व्यवस्था गरिएको छ । टक शो कार्यक्रममा महोत्सवको अवस्थाबारे प्रतिक्रिया लिने र अर्को दिन उक्त अवस्थालाई पृष्ठपोषणका रुपमा लिई महोत्सवलाई सौम्य, शान्त र सौहार्द बनाउने महासचिव घिमिरेले बताए ।

यस्तै महोत्सव प्रचारप्रसार समितिका संयोजक ईश्वरी शर्माले सुरक्षाका दृष्टिले सिसिटिभि सहित ३ वटा आपतकालिन गेट रहेको र सुरक्षा बन्दोवस्तका लागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसँग समन्वय भइरहेको बताए ।

कोहलपुरमा विगत सम्पन्न भएका महोत्सवका नाममा मेला लगाउनेहरुले खर्च/आम्दानी सार्वजनिक नगर्ने परिपाटिलाई अन्त्य गरेको र यस पटक पनि खर्च/आम्दानी सार्वजनिक गर्ने घरेलु महासंघले महोत्सव प्रचारप्रसार समितिका संयोजक ईश्वरी शर्माले बताए ।

उनले यस अघिका महोत्सवबाट आर्जित रकमले संस्थाले आफनै स्वामित्वको जग्गा खरिद गरि भवन निर्माण गरेको स्मरण गराउदै मेला महोत्सवको पनि हिसाव सार्वजनिक गर्नुपर्छ भन्ने आफुहरुले नैतिक दवाफको नजिर बसाल्न चाहेको बताए ।

यस्तै कला, संस्कृति, झाँकी व्यवस्थापन उपसमितिका संयोजक महोदत्त –एमडी) कडेलले थारु संग्राहलय, मगर संग्राहलय लगाएत स्थानिय लोपउन्मुख खाद्य वस्तुका स्टल स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम हुने र महोत्सवमा २ लाख दर्शक भित्राउने लक्ष्य रहेको बताए ।

पत्रकार सम्मेलनमा घरेलु महासंघका केन्द्रिय सदस्य शेषकान्त शर्मा, लुम्बिनी प्रदेश महासचिव जयश्वर पौडेल (सुमन), जिल्ला अध्यक्ष मधु खडका, महिला उद्यमी समितिकी अध्यक्ष दिला कुमारी तिवारी, महासंघका पदाधिकारी लगायत ३ दर्जन बढि पत्रकारहरुको उपस्थिति रहेको थियो ।