१४औं क्रिसा रनिङ्गशील्ड: चार विद्यालय सेमिफाइनलमा प्रवेश

कोहलपुर । १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबारदेखि बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा सुरु भएको ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८० मा चार विद्यालय सेमिफाइनलमा पुगेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेको आयोजनामा १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।

खेलकुद प्रतियोगितामा नमूना विद्या सदन, हिमालय विद्या निकेतन, नोवेल ईमी स्कुल र स्काईल्याण्ड गरी चार विद्यालय सेमिफाइनलमा पुगेको क्रिसा बाँकेका अध्यक्ष बेग प्रकाश चन्दले बताए ।

यस्तै कुर्सी दौडमा स्काईल्याण्ड ईमी स्कुल प्रथम, हिमालय विद्या निकेतन द्धितीय, डाइमन्ड स्टार तृतीय भएका छन् ।

यस्तै आज भएको एथ्लेटिक्स खेलकुद प्रतियोगितामा कक्षा (१—५) अन्तर्गत १०० मिटर दौडमा छात्र तर्फ फूलबारी एजुकेशन एकेडेमी प्रथम, कोहलपुर बागेश्वरी ईमी स्कुल द्धितीय र जनज्योति पब्लिक हाईस्कुल तृतीय स्थान प्राप्त गरेका छन् ।

कक्षा (१—५) अन्तर्गत १०० मिटर दौडमा छात्रा तर्फ ब्राइटलाईट एकेडेमी प्रथम, कोहलपुर बागेश्वरी ईमी स्कुल द्धितीय र जनज्योति पब्लिक तृतीय स्थान प्राप्त गरेका छन् ।

यस्तै कक्षा (६—८) अन्तर्गत सटफूट प्रतियोगितामा छात्रतर्फं हिमालय विद्या निकेतन प्रथम, स्काईल्याण्ड द्धितीय र रुपाँचा विलिभर्स तृतीय स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ नमूना विद्या सदन प्रथम, नोवेल ईमी स्कुल द्धितीय र फूलबारी एजुकेशन एकेडेमी तृतीय स्थान प्राप्त गरेका छन् ।

यस्तै कक्षा (६—८) अन्तर्गत १०० मिटर दौडमा छात्रतर्फ कोहलपुर बागेश्वरी ईमी स्कुल प्रथम, हिमालय विद्या निकेतन द्धितीय र नमूना विद्या सदन तृतीय स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ पञ्चमुखी ईमी स्कुल प्रथम, कोहलपुर बागेश्वरी ईमी स्कुल द्धितीय र फूलबारी एजुकेशन एकेडेमी तृतीय स्थान प्राप्त गरेका छन् ।

यस्तै कक्षा (९—१२) अन्तर्गत १०० मिटर दौडमा छात्रतर्फ हिमालय विद्या निकेतन प्रथम, फूलबारीइ एजुकेशन एकेडेमी द्धितीय र लक्ष्यशिला एकेडेमी तृतीय स्थान प्राप्त गरेका छन् भने छात्रातर्फ फूलबारी एजुकेशन एकेडेमी द्धितीय र शमशेरगंज ईमी स्कुल तृतीय स्थान प्राप्त गरेका छन् ।

राप्तीसोनारी, बैजनाथ र कोहलपुरका २६ वटा संस्थागत विद्यालयहरु खेलकुद प्रतियोगितामा भाग लिएका छन् ।

३ तह (१—५, ६—८ र ९—१२) मा खेलकुद प्रतियोगिता सञ्चालन भइरहेको छ । (१–५, ६–८ र ९–१२) को खेलकुद प्रतियोगितामा क्रमशः १२, १५ र १८ वर्ष मुनीका बालबालिकाले प्रतिस्पर्धा भएको छ ।

१ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ४x१ सय मिटर र ४x४ सय मिटर रिले दौड, फुटसल, कुर्सी दौड, सटपट र भलिबल प्रतियोगिता सञ्चालन भएका छन् भने प्रतियोगितामा प्रति विद्यामा छात्र/छात्रा छुट्छुटै प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुले ट्रफि सहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा भोली २९ गते समापन हुनेछ ।