कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले दर्ता नभएका पसल बन्द गर्न थालेको छ ।
कोहलपुर नगरपालिकाले हरेक वर्ष नगरपालिकामा दर्ता पक्रियामा आउने भनी जानकारी दिँदा समेत अटेरी गरेका पसल तथा अन्य व्यवसायहरुलाई बन्द गर्ने अभियानमा लागेको बजार अनुगमन समितीका संयोजक अग्नि प्रसाद आचार्यले बताए ।
मंगलबार बजार अनुगमनका क्रममा एन टिभी रोडमा दर्ता बिना सञ्चालन भएको महिर बुटिक तथा सिलाई कटाइ प्रशिक्षण केन्द्रलाई बन्द गरिएको र तत्कालै दर्ता प्रक्रियामा जान समेत निर्देशन दिएको बजार अनुगमन समितिका संयोजक आचार्यले बताए ।
कोहलपुर नगरपालिका भित्र सञ्चालन भएका पसलहरुलाई ७ दिन भित्र दर्ता पक्रियामा नआएमा अझै थप बन्द गरी कारवाही गर्ने समितिका संयोजक आचार्यले बताए ।
बजार अनुगमनमा वाणिज्य आपुर्ति तथा उपभोग्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख बिष्णु प्रसाद धिताल, सोही कार्यालयका नासु देबिलाल चौलागाई, उद्योग वाणिज्य संघ प्रतिनिधि पबित्रा ढकाल, उपभोग्ता हित संरक्षण मन्च कोहलपुर बिष्णु प्रसाद बेल्बासे र पत्रकार लगायतको सहभागिता रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्