‘गोल्डकप’ को नाममा ‘टोलकप’ गराउँदै एन्फा बाँकेका अध्यक्ष भोजराज शाही




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ४ मा सञ्चालन भएको गोल्डकप नामाकर छ तर टोलकप गरेका छन् । नाम एकातिर भने काम अर्को तिर देखिन्छ । सोमबार बैजनाथ ४ बानियाभार स्मार्ट यूवा क्लबको आयोजनामा ‘माघि मिलन तथा प्रदेश सभा सदस्य गोल्डकप प्रतियोगिता २०८०’ भनेर नामाकरण गरियो ।

सो विषयमा कोहलपुर टुडेले ‘गोल्डकप’ प्रतियोगिताको नामाकरण सम्बन्धी जिल्ला फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीसंग बुझ्दा आफू अनविज्ञ भएको बताए । उनी स्वयम् कार्यक्रम उपस्थित थिए ।

उनले आफूले गोल्डकप कसरी खेलाइन्छ ? के विधान आवश्यक पर्छ ? कुन संस्था वा क्लबले आयोजना गर्छन ? कहाँबाट स्विकृत लिनुपर्छ ? भन्ने विषयमा बुझ्दा उनले आफू जानकार नभएको र आफू अतिथि भएर मात्र गएको भन्दै टारे ।

एनफा बाँकेका अध्यक्ष शाहीले आफ्नो संघमा ११ वटा क्लब दर्ता छन् तर त्यो क्लब दर्ता छैन जुन क्लबले कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष शाहीले भने आफ्नै मनपरी तरिका नामाकरण गरी चलाएकाे बताए ।

दर्ता नभएकोले कहिकतैबाट स्विकृति नलिएको उनको भनाई थियो । सो स्थानमा गोल्डकप गराउने क्षेत्रफल र आवश्यक संरचना नपुग हुने भएकोले त्यसलाई अनुमति भने दिने थिएनौ एन्फा बाँकेका अध्यक्ष शाहीले बताए ।

तर उनीकाे कार्य क्षमतामा अहिले प्रश्न चिन्ह खडा भएकाे छ ।

यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो फुटबल । गाउँघरदेखि, सडक, गल्ली, चोक चौतारा र रंगशालामा खेलिन्छ फुटबल । फुटबलमा ११–११ जना खेलाडीहरु दुई टिममा विभाजित भएर खेल्ने गरिन्छ । प्राचीनकालदेखि चलन चल्तीमा रहेको फुटबल खेल को उत्पत्ति कहिले कहाँबाट भयो भन्ने कुरामा भने हामी बेखबर नै छौँ ।

फुटबलको शुरुवात १९ औं शताब्दीमा ब्रिटेनका विद्यालयहरुबाट भएको हो । हाल विश्वमा सबैभन्दा बढी दर्शक भएको खेल फुटबल बनेको
छ । आधुनिक फुटबललाई इङ्गल्याण्डमा ‘द फुटबल एसोसिएशन’ (फुटबल संघ) को गठनसँगै गाँसिएको थियो र त्यस लगत्तै सन् १८६३ मा बनाइएको ‘ल अफ द गेम’ (खेलको कानून) को आधारमा नै आज फुटबल खेल्ने गरिन्छ । अन्तर्राष्ट्रिय आधार वा स्वरूप माथि फुटबलको नियन्त्रण (फेडरेशन इन्टरनेशनेल डी फुटबल एसोसिएशन) वा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघ जसलाई संक्षेपमा फिफा एसोसिएशन फुटबलको अन्तर्राष्ट्रिय महासंघले गर्छ ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले भौतिक पूर्वाधार र अन्य विकासमा लगानी मात्र देखिन्छ तर खेलकुदमा समेत लगानी गरेको देखिदैन त्यसैले प्रदेश सभा सदस्य कपको आयोजना गरेको बताए ।

‘गोल्डकपको नामाकरण नराख्न मिल्ने वा भौतिक पूर्वाधारहरु भएको र राखेप/एन्फाबाट स्विकृति लिनुपर्ने भएको भए हामीलाई जानकारी दिनुहुन्थ्र्यो होला, उनले भने, ‘आफै स्वयम् एन्फा बाँकेका अध्यक्ष नै अतिथि बनेर भाषण दिनुभएको थियो तर उहाँले केही भन्नुभएन ।’

खेलकुद विकासमा सहकार्य गरौं, बाँके क्षेत्र नं.३ (१) लाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गराैं भन्ने मुल नाराका साथ प्रतियोगिता सुरु भएको थियो । खेलकुद विकाससंग मात्र जोडेका छौं यसलाई संस्थागत गरी प्रदेश सभा सदस्य कप सञ्चालन हुने विश्वास व्यक्त गरे ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । उक्त प्रतियोगितामा जम्मा ९- ९ जना खेलाडी खेलाईएको छ । जसमा १९ वटा टिम प्रतिस्पर्धामा छन् । प्रतियोगिता २६ गतेसम्म सञ्चालन हुनेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ १६ गते मंगलबार