रूकुम पश्चिम ड्युटीमा रहेका प्रहरी माथि नै कुटपिट

रूकुम पश्चिम ।

रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिकामा प्रहरी माथि नै कुटपिट भएकाे छ । वडा नम्बर ३ मा ड्युटीमा रहेका प्रहरी माथि नै कुटपिट भएकाे हाे ।

कुटपिटबाट दुई जना प्रहरी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएकाे छ ।

घाइते हुनेमा इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान महेन्द्रबहादुर शाही र प्रहरी चाैकी मग्मामा दरबन्दी भई इप्रका बाँफिकाेटमा कार्यरत प्रहरी जवान हिमराज खड्का रहेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिए ।

घाइते मध्य शाहीकाे ढाडमा भित्री चाेट लागेकाे र हल्का बाेल्न सक्ने तथा खड्काकाे टाउकाेमा चाेट लागेकाे र बाेल्न सक्ने अवस्था रहेकाे उहाँले बताए । उनका अनुसार घाइते दुवैलाई जिल्ला अस्पताल सल्लेमा सामान्य उपचार पछि थप उपचारका लागि मेडिकल कलेज काेहलपुर पठाईकाे छ ।