गायिका अधिकारी र गायक खाणको धमाकेदार प्रस्तुती, भोली रचना रिमाल आउने

बैजनाथ ।

बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्युसिटी खुल्ला मैैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैटौ दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् ।

महोत्सवको छैटौ दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गाउक रामजी खाण तथा हास्य कलाकार भुवनेश्वर अधिकारी, गायिका तथा चर्चित उद्घोषिका शोभा त्रिपाठि लगाएतकाको बेजोड प्रस्तुती रहेको थियो ।

हजारौँ दर्शकहरुको बाक्लो भिडमा रमाएका दर्शकहरुले उत्साहका साथ महोत्सवको मनोरञ्जन लिएका छन् । माघ १० गतेदेखी सञ्चालन भैरहेको महोत्सवमा दिनदिनै दर्शकहरुको बाक्लो भिड लागिरहेको छ । महत्सोव माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

“मेहनत सृजना , उत्पादन र वस्तु : मेरै नेपालको प्रथम बैजनाथ तथा छैटौं औधोगिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, व्यापार एवं पर्यटन महोत्सव–२०८० “कृषि पर्यटन उद्योग र उत्पादन संस्कृतिको पहिचान विकास र सम्मदि बेजनायो अभियान भन्ने मुल नाराका साथ संचालन भैरहेको महोत्सवमा तिन लाख दर्शकहरूले अवलोकन गर्ने अनुमान गरेको महोत्सव मुुल आयोजक समितिले जनाएको छ ।

महोत्सव स्थलमा स्थानीय संस्कृतिको झल्को दिने थारू गाउँ, सहितका पर्याप्त मनोरञ्जनका स्टलहरू राखिएको छ । त्यस्तै महोत्सवले स्थानीय सहित प्रदेशभरिका पर्यटन, उद्योग, संस्कृति प्रर्वद्धनमा टेवा पुग्ने विश्वास लिएको महोत्सव संयोजक सुमन विश्वकर्माले जानकारी दिए ।

भोली माघ १६ गते चर्चित गायिका रचना रिमाल, थारु गायक श्री निवास थारु, गायक एम.टी. महर, गायक कमल बिसी लगाएतकाको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै अन्य थुप्रै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ ।