फेरि बढ्यो पेट्राेलियम पदार्थकाे मूल्य, अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

काेहलपुर ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले प्रेस विज्ञप्ति जारी गरी आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा हालको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्यअनुसार काठमाडौँमा पेट्रोल प्रति लिटर १४२ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रति लिटर १२५ रुपैयाँ कायम भएको छ ।

साथै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढेर ११६ रुपैयाँ कायम भएको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर १ सय अमेरिकी डलर वृद्धि गरी प्रति किलोलिटर बिक्री मूल्य १ हजार ९५ अमेरिकी डलर कायम भएको छ । त्यस्तै निगमले एलपी ग्यासमा घाटा भए पनि मूल्य वृद्धि गरेको छैन ।

यस्ताे छ प्रेस विज्ञप्ति हेर्नुहाेस् ।