केन्द्रिय विश्वविद्यालयलाई यथावत राख्न संघिय सांसदहरुलाई ध्यानाकर्षण पत्र

भगवती पोख्रेल, कोहलपुर

मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुरले बांके जिल्लामा निर्वाचित संघीय सांसदहरु लाई ध्यानाकर्षण सहितको अनुरोध पत्र बुझाएको छ । हालै नेपाल सरकारले प्रतिनिधि सभामा ल्याउन लागेको उच्च शिक्षा विधेयक -२०८० का विषयका सम्बन्धमा अनुरोध पत्र बुझाएको हो ।


प्रतिनिधि सभामा पेश गर्न लागेको उच्च शिक्षा विधेयकमा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय र नेपाल खुला विश्वविद्यालयलाई संघीय विश्वविद्यालय र बाहेकका सुदुरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पुर्वान्चल विश्वविद्यालय, राजहर्शी जनक विश्वविद्यालय लाई प्रादेशिक विश्वविद्यालयका रूपमा प्रस्ताव गरेको विषयमा यी विश्वविद्यालयका पदाधिकारी तथा प्राध्यापक कर्मचारीहरु आन्दोलित भएका छ्न ।


६ वटा विश्वविद्यालयका प्राध्यापकहरुको समन्वय समिति समेत गठन गरि प्रेश विज्ञप्ती समेत जारी गरेका छ्न । सोही विधेयकको विषयमा ध्यानाकर्षण गर्न र यी संघीय ऐनबाट स्थापित विश्वविद्यालय लाई संघीय विश्वविद्यालय कायम राख्न बांके जिल्लाबाट निर्वाचित माननीयज्युहरु लाई वागेश्वरी क्याम्पसका प्राध्यापकहरुले अनुरोध पत्र बुझाएका हुन ।


अनुरोधपत्र नेपाली कांग्रेसका सहमहामन्त्री तथा बांके क्षेत्र नं ३ का माननीय किशोरसिंह राठौर, बांके क्षेत्र नं १ का माननीय सुर्य ढकाल, पुर्व शहरी विकास मन्त्री मो. ईस्तिहाक राई, माननिय दिपा शर्मा नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. वेदराज के सि लगायत लाई भेटी ध्यानाकर्षण सहितको अनुरोध पत्र बुझाएको वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमालले जानकारी दिए ।


उक्त समुहमा वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका क्याम्पस प्रमुख दान बहादुर हमाल, निवर्तमान क्याम्पस प्रमुख शिशिर कुमार शर्मा, प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पसका सभापति एकराज शर्मा, नेपाल प्रगतिशील प्राध्यापक संगठनका प्रदेश कमिटी सदस्य प्रमोद सुवेदी, नेपाल रास्टृय प्राध्यापक संगठन वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका अध्यक्ष जयकृष्ण न्यौपाने, प्राध्यापक संघका पुर्व सभापति पुस्करनाथ रिजाल, ग्र्याजुएट स्कुल अफ ह्युम्यानिटिज एन्ड सोसल साईन्सका विभागीय प्रमुख खोपिराम वलि क्षेत्री, प्रशासकिय अधिकृत वेदराज लम्साल, कर्मचारी संघका अध्यक्ष शिव प्रसाद रेग्मी लगायतको उपस्थितमा अनुरोध पत्र बुझाईएको हो ।

अनुरोध पत्रमा यस्तो उल्लेख गरिएको