अयोध्यामा राम मन्दिरको उद्घाटनको अवसरमा कोहलपुरमा भण्डारा कार्यक्रम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा अयोध्यामा राम मन्दिरको उद्घाटनको अवसरमा कोहलपुरमा भण्डारा कार्यक्रम गरिएको छ ।

भारतको उत्तरप्रदेश स्थित अयोध्यामा राम मन्दिरको उद्घाटनको अवसरमा आज कोहलपुर ११ दशविगाहमा रहेको युवा जागरण दशविगाहले भण्डारा कार्यक्रम गरिएको हो ।

भण्डारा कार्यक्रममा युवा जागरण दशविगाहका अध्यक्ष कविराज केसीले हस्पिटलका कुरुवा, विरामी तथा डाक्टर लगायत अन्य विभिन्न व्यक्तित्वहरुलाई प्रसाद स्वरुप हलुवा र पुरी वितरण गरेको बताए ।

उनका अनुसार व्यवस्थापन गर्दा करिब ५० देखि ६० हजार खर्च भएको र करिब ५ सय बढि जनालाई प्रसाद वितरण गरेको अध्यक्ष केसीले बताए ।