कोहलपुरमा बजार अनुगमन : म्याद गुज्रेका सामान जफत




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा बजार अनुगमनका क्रममा म्याद गुजे्रका सामान जफत गरेको छ । आज बजार अनुगमनमा कोहलपुर—३ मदनचोकका किसाना पसलहरुको अनुगमनमा म्याद गुजे्रका सामान जफत गरेको हो ।

कोहलपुर बजार अनुगमनका संयोजक अग्नी आचार्यले कोहलपुरका ६ वटा किराना पसलहरुबाट म्याद गु्रजेका समानहरुलाई जफत गरिएको बताए ।

उनका अनुसार गणेश खाद्य तथा किराना स्टोरबाट कोक, बुस्ट, हर्लिक्स, लिचि जुस, चोकोपाई, नुडल्स तथा अन्य खाद्य सामानहरु जफत गरिएको बताए ।

यस्तै अन्य निसा किराना पसल, रस्मी जनरल स्टोर, गणपति खाद्य स्टोर एण्ड किराना पसल, बसन्त जनरल स्टोर र कुशल किराना पसल तथा खाद्य स्टोरमा अनुगमन गरेको अनुगमन संयोजक अग्नी आचार्यले बताए ।

आचार्यका अनुसार निसा किराना पसलमा भने म्याद ग्रुजेका सामानहरुलाई छुट्याएको र अन्य पसलहरुमा भने म्याद ग्रुजेका सामानहरुलाई छुट्याएको थिएन ।

यस्तै खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयबाट प्ररिक्षा पंडेल, उवासंघ कोहलपुरबाट पवित्रा ढकाल, उपभोक्ता हित संरक्षण मञ्चबाट विष्णु वेल्वासे, कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही, एभिन्युज टेलिभिजनका समाचारदाता हुमरी भट्टराई, नगर प्रहरी कर्ण बहादुुर चन्द लगायतले अनुगमन गरेका हुन् ।

कोहलपुर नगरपालिकामा केही दिनदेखि किसाना पसल, होटल, डेरी खाद्यान्न पसलहरुमा निरन्तर अनुगमन गरिरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० माघ ८ गते सोमबार