राप्तीसोनारीका विद्यालयमा थप दुई दिन जाडो विदा

कोहलपुर ।

राप्तीसोनारी गाउँपालिकाका विद्यालयहरुमा थप दुई दिन जाडो विदा गरेको छ । थप २ दिनका लागि विद्यालय बन्द गरिएको शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी जिवन न्यौपानेले जानकारी दिए ।

आज बसेको बैठकले मौसम प्रतिकूलताका कारण पठनपाठन स्थगित गर्ने गराउने निर्णय गरेको शिक्षा शाखा प्रमुख तथा सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका अन्तरगतका सामुदायिक तथा संस्थागत विद्यालय सबैमा जाडो विदा लागू हुनेछ ।

अत्यधिक चिसोका कारण बाँकेका अन्य सबै पालिकाले विद्यालयमा जाडो विदा दिएका छन् । बाँकेमा करिव दुई सातादेखि घाम लागेको छैन ।