बैजनाथ उपप्रमुख कप : मावितर्फको प्रभात मावि र आवितर्फ हिमालय विद्या निकेतनलाई उपाधि

कोहलपुर ।

दोस्रो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८० मा माध्यामिक विद्यालय तहतर्फ प्रभात मावि प्रथम भएको छ भने आधारभूत तहतर्फ हिमालय विद्या निकेतनले प्रथम भएको छ ।

माघ ३ गतेदेखि सुरु भएको उपप्रमुख कपमा आधारभूत तहतर्फ छात्र र छात्रा गरि जम्मा ६ स्वर्ण ६ रजत र ६ कास्य पदका लागि भएको खेलमा हिमालय विद्या निकेतनले २ गोल्ड, १ रजत र १ कास्य ल्याई आधारभूत तह तर्फ प्रथम भएको हो ।

यस्तै आधाभूत तर्फ नेपाल राष्ट्रिय माविले विद्यालय नौवस्ताले २ गोल्ड ल्याई द्धितीय भएको हो भने नेपाल राष्ट्रिय माविले विद्यालय नौवस्ताले १ गोल्ड ल्याउँदै तृतीय भएको खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिए ।

यस्तै मावि तह तर्फ प्रभात माविले १५ स्वर्ण, १५ रजत र ७ कास्य प्राप्त गरी प्रथम स्थान ल्याउन सफल भएको छ भने सुर्योदय माविले ९ स्वर्ण, २ रजत र ४ कास्य प्राप्त गरी दोस्रो र हिमालय विद्या निकेतनले ६ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त तेस्रो स्थान ल्याउन सफल भएको छ ।

यस्तै मार्च पासमा सरस्वति ईमी स्कुल प्रथम, प्रभात मावि द्धितीय र हिमालय विद्या निकेतन तृतीय भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डि र मार्सल आर्टतर्फ कराते र ट्याक्वान्दो बिधामा खेल भएको थियो ।

यस्तै प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४३ विद्यालयहरु सहभागि छन् भने १ हजार ५ सय विद्यार्थीहरु सहभागि भएका थिए ।

यस्तै बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, ७ का वडा अध्यक्ष दिनेश थारु, १ का वडा अध्यक्ष रुप बहादुर मल्लले प्रथम, द्धितीय र तृतीय स्थान ल्याउन सफल भएका विद्यालय तथा बालबालिकालाई प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।