बैजनाथमा उप प्रमुख कप : आवितर्फ हिमालय विद्या निकेतन प्रथम

बैजनाथ ।

बैजनाथ गाउँपालिकामा जारी दोस्रो उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर बिद्यालय खेलकुद प्रतियोगिता–२०८० मा आधारभूत तहतर्फ हिमालय विद्या निकेतनले प्रथम भएको छ ।

माघ ३ गतेदेखि सुरु भएको उपप्रमुख कपमा आधारभूत तहतर्फ छात्र र छात्रा गरि जम्मा ६ स्वर्ण ६ रजत र ६ कास्य पदका लागि भएको खेलमा हिमालय विद्या निकेतनले २ गोल्ड, १ रजत र १ कास्य ल्याई आधारभूत तह तर्फ प्रथम भएको हो ।

यस्तै आधाभूत तर्फ नेपाल राष्ट्रिय माविले विद्यालय नौवस्ताले २ गोल्ड ल्याई द्धितीय भएको हो भने नेपाल राष्ट्रिय माविले विद्यालय नौवस्ताले १ गोल्ड ल्याउँदै तृतीय भएको खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिए ।

यस्तै मार्च पासमा सरस्वति ईमी स्कुल प्रथम, प्रभात मावि द्धितीय र हिमालय विद्या निकेतन तृतीय भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डि र मार्सल आर्टतर्फ कराते र ट्याक्वान्दो बिधामा खेल भइरहेको छ ।

यस्तै प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४३ विद्यालयहरु सहभागि छन् भने १ हजार ५ सय विद्यार्थीहरु सहभागि भएका छन् । ६ गतेसम्म खेलकुद सञ्चालन हुनेछ ।