सांसद किशोर राठौर द्वारा दोश्रो बैजनाथ उप प्रमुख कपको उद्घाटन

काेहलपुर ।

बाँकेकाे बैजनाथ गाउँ पालिका स्तरीय अन्तर विद्यालय खेलकुद दोश्रो उप प्रमुख कप तथा राष्ट्रिय रनिङशिल्ड छनौट प्रतियोगिता-२०८० अाज बाट सुरू भएकाे छ ।

माघ ३ देखि ६ सम्म सन्चालन हुने खेलकुदको बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद दोश्रो उप प्रमुख कप तथा राष्ट्रिय रनिङशिल्ड छनौट प्रतियोगिता-२०८० काे खेलकुद बिकास समिति संयोजक महाबिर थारुको अध्यक्षता एवं प्रमुख अतिथि बाँके क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य किशोर सिंह राठौरले उद्घाटन गरी सन्चालन भएकाे हाे ।

यस्तै दाेश्रो उप प्रमुख कप एवं राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगितामा अतिथि प्रतिनिधि सभा सदस्य आशा बि.क , बाँके ३(१) प्रदेश सभा सदस्य रत्न खत्री,बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही ,उपाध्यक्ष निर्मला रोकाय, बैजनाथ गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार यादव, निवर्तमान अध्यक्ष मान बहादुर रुचाल उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा लगायत जनप्रतिनिधि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रधानाध्यापक लगाएत करिब २ हजार ५ सय खेलाडी विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

खेलाडी राष्ट्रका गहना हुन त्यसैले स्थानीय सरकारले आयोजना गरेको खेल बाट खेलाडीले आफ्नो भबिष्य निर्माण गर्ने बताउँदै बैजनाथलाई खेलकुदका लागी पालिका स्तरीय खेलमैदान निर्माण गर्न सडक पुर्बाधार निर्माण गर्न र विभिन्न भौतिक पुर्बाधार गर्न मुक्त कमैया र भुमिहिन सुकुम्बासीको समस्या आफ्नो ५ बर्षको कार्यकाल भित्र सप्पन्न गर्ने प्रतिबद्धता गर्दै राठौरले खेलकुद सफलताको शुभकामना मन्तव्य राख्दै खेलकुदको विकासका लागि आफुले गर्ने सहयोग र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिवद्धता गरे ।

दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगिता बैजनाथ गाउँपालिका ६ स्थित रहेको गाउँपालिका स्तरीय खेलमैदानमा शुरु गरिएको छ।

बैजनाथका कुल ४३ बिद्यालयका विद्यार्थीले मार्च पासमा भाग लिएका थिए । प्रदेश सभा सदस्य खत्रीले विद्यालय स्तरमा रहेका खेल प्रतिभाको पहिचान तथा नयाँ खेलाडी उत्पादनमा जिल्ला स्तरीय खेलकुद प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । खेलकुद क्षेत्रमा नयाँ प्रतिभाहरुको पहिचान, खेलाडीको क्षमता विकास हुनुका साथै खेल पूर्वाधार निर्माणमा टेवा पुगेको उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकास बहादुर शाहीले बैजनाथलाई खेल क्षेत्रको विकास गराउने उदेश्यले दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपती रनिङशिल्ड छनौट प्रतियोगिताको आयोजना गरीएको बताए।

एथलेटिक्स,भलिबल,कबड्डि र मार्सल आर्ट तर्फ कराते र ट्याक्वान्दो बिधामा खेल खेलाईने मुल आयोजक समिति संयोजक बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले जानकारी दिए ।

राष्ट्रिय भलिबल प्रशिक्षक लाल बहादुर मल्ल र एथलेटिक्स प्रशिक्षक चन्द्र बहादुर गुरुङले खेल खेलाउने आयोजक समिति उप समिति फिल्ड मार्सल संयोजक श्याम ओलीले बताए ।

निजि तथा सामुदायिक विद्यालय गरी कुल ४३ विद्यालय बाट १ हजार भन्दा बढि सहभागी भएका छन् । सामुदायिक विद्यालय आधारभुत लाई खेलकुद प्रतियोगितामा सहभागीतामा ब्यवस्थापन खर्च बापत रु २० हजार र माध्यमिक विद्यालयलाई ब्यवस्थापन खर्च बापत रु ३५ हजार ब्यवस्थापन खर्च बापत बैजनाथ स्थानीय सरकारले विद्यालयहरुलाई प्रदान गरिने खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहालले जानकारी दिए ।

प्रतियोगिताको पहिलो दिन छात्र र छात्रा तर्फ १०० मिटरको दौड प्रतियोगिता भएको थियो भने प्रतियोगिता माघ ३ गतेदेखि ६ गतेसम्म चल्ने शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिए । कार्यक्रमको उद्घाटन सत्र शिक्षा युवा तथा खेलकुद बिकास शाखाका कर्मचारी लाल बहादुर बोहराले कार्यक्रम संचालन गरेका थिए ।