बैजनाथमा उप प्रमुख कप आजबाट सुरू

बैजनाथ ।

बैजनाथ गाउँपालिका स्तरीय खेलकुद विकास समितिको आयोजनामा दोश्रो उप प्रमुख कप तथा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता आज बाट सुरु भएको छ ।

स्थानीय तह स्तरमा भएका प्रतियोगितामा उत्कृष्ट भएका विद्यालय तथा विद्यार्थीहरुको सहभागितामा राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता आजबाट सुरु भएको हो ।

माघ ३ गतेदेखि ६ गतेसम्म खेलकुद संचालन हुने प्रतियोगितामा बैजनाथका निजि र सामुदायिक ४२ विद्यालयहरु बाट १ हजार ५ सय विद्यार्थी सहभागी हुने खेलकुद विकास समिति सदस्य नवराज रावलले बताएका छन् ।

उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डि र मार्सल आर्टतर्फ कराते र ट्याक्वान्दो बिधामा खेल खेलाईने मुल आयोजक समिति संयोजक बैजनाथ खेलकुद बिकास समिति संयोजक महाबिर थारुले जानकारी दिए ।

निजि तथा सामुदायिक विद्यालय गरी कुल ४२ विद्यालय सहभागी भएका छन् ।

सामुदायिक विद्यालय आधारभुत लाई खेलकुद प्रतियोगितामा सहभागीतामा व्यवस्थापन खर्च बापत रु २० हजार र माध्यमिक विद्यालयलाई व्यवस्थापन खर्च बापत रु ३५ हजार ब्यवस्थापन खर्च बापत बैजनाथ स्थानीय सरकारले विद्यालयहरुलाई प्रदान गरिने खेलकुद सचिवालय संयोजक सुरेन्द्र दाहाल ले जानकारी दिए ।

प्रतियोगिता यही माघ ३, ४, ५, ६ गते सम्म बैजनाथ गाउँपालिका ६ लालपुरमा संचालन हुने छ । जिल्ला स्तरीय खेल प्रतियोगितामा प्रथम हुन सफल खेलाडीहरु प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने खेलकुद समितिले जनाएको छ।