नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरले १९ औ वार्षिकोत्सव मनायो (फाटो फिचर)

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपाल रेडक्रस उप शाखा कोहलपुरले १९ औ वार्षिकोत्सव मनाएको छ ।

शनिबार नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका सभापति दिनेश सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथि पुर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै वार्षिकोत्सव मनाएको हो ।

यस्तै शिवशक्ति आधारभूत विद्यालयका प्राधानाध्यापक बद्रि सापकोटाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले व्यहोर्ने गरी कोहलपुर नगरबासीलाई रगत लिँदा लाग्ने शुल्क १ हजार रुपैया समेत निःशुल्क गराउने प्रतिबद्धता व्यक्त गरे ।


सामाजिक काममा सम्पूर्ण जनप्रतिनिधि लागिरहेका हुन्छौं तर काँकी कतै नितिगत रुपमा समस्या हुने भएकोले भनेको जस्तो र सोचेको जस्तो सहयोग गर्न नपाउँदा निकै समस्या हुने गरेको नगर प्रमुख आचार्यले बताए ।

उनले कोहलपुरका कतिपय विद्यालय आबद्ध भएपनि सम्पूर्ण सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुलाई समेत रेडक्रससंग आबद्ध गराई रेडक्रस सर्कल निर्माण गरी सामाजिक उत्तरदायित्व काममा लगाउन नगर प्रमुख आचार्यले अनुरोध गरे ।

आव २०८९/०८० को प्रगति विवरण नेपमल रेडक्रस सोसाईटी कोहलपुरका सचिव संजय कुमार पन्तले प्रस्तुत गरेका थिए । विवरण प्रस्तुत गर्दै पन्तले ७ वटा महत्वपूर्ण काम जस्तै जुनियर/युवा रेडक्रस सर्कल, विपद् राहत सेवा, राहत सामग्री वितरण, एम्बुलेन्स /स्टेचर सेवा, प्राथमिक उपचार सेवा, उपशाखाको आयोजना गरेका कार्यक्रम र विकास कार्यक्रम गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै सचिव पन्तले आगामी आव २०८१/०८२ मा गरिने कामको योजना र भावी निति समेत प्रतिवेदन उल्लेख गरेका थिए ।

यस्तै नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरका कोषाध्यक्ष बासुदेव उपाध्यायले आव २०७९/०८० मा २६ लाख ४६ हजार ७ सय २४ रूपैया कारोवार गरेको बताए । आगामी वर्षमा ७६ लाख ७० हजार ९ सय ५० रूपैया कारोबार गर्ने लक्ष्य रहेको बताए ।

रेडक्रस सोसाईटी उपशाखा कोहलपुरलाई महिला समाज बचत तथा त्रृण सहकारी संस्था ले १ लाख रकम उपलब्ध गराएको थियो ।

दर्जन बढि सम्मानित

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपाल रेडक्रस उप शाखा कोहलपुरले १९औ वार्षिकोत्सवमा दर्जन बढि सम्मानित भएका छन् ।

सम्मान हुनेमा नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखामा आबद्ध यश्कर सदस्यहरुमा यम रावत, अर्जुन प्रसाद सुवेदी र दुर्गा बहादुर थापा रहेका छन् भने विशिष्ट सदस्यहरुमा विजय थापा, रमेश खत्री, लक्ष्मण बहादुर सिंह, महेन्द्र प्रसाद शर्मा, बदिनाथ सापकोटा, मातृका सापकाेटा कर्ण बस्नेत र निम बहादुर खत्रीलाई सम्मान गरेको हो ।

यस्तै उपशाखाको बार्षिकोत्सवमा जुनियर तथा युवा सकैलहरुको सहभागितामा उपशाखा स्तरीय निबन्ध, कविता र चित्रकला प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने लाई समेत सम्मान गरेको हो ।

जसमा आधारभूत तहमा शिवशक्तिमा अध्ययनरत स्मारीका पौडेल प्रथम र मुस्कान खातुन तृतीय, ज्ञानज्योति माविमा अध्ययनरत दिमा कुमाई द्धितीय भएका छन् भने माविमा गोरखा यूनाईटेड पब्लिकमा अध्ययनरत उज्वल खाँड प्रथम, सगरमाथा ज्ञानपुञ्ज माविमा अध्ययनरत पुण्य कमल न्यौपाने द्धितीय भएका हुन् ।

यस्तै उपशाखाको बार्षिकोत्सवमा चित्रकला प्रतियोगितामा आधारभूत तहमा शिवशक्ति माविमा अध्ययनरत जनक रोकाय प्रथम, गोविन्द विक द्धितीय र सुजता थारु तृतीय स्थान ल्याउन सफल भए भने मावि तर्फको चित्रकला प्रतियोगितामा दिव्य विद्या सदनमा अध्ययनरत सन्देश चन्द ठकुरी प्रथम, कोहलपुर माविमा अध्ययनरत क्रिस पाण्डे द्धितीय र सगरमाथामा ज्ञानपुञ्ज माविमा अध्ययनरत दिया परियार तृतीय स्थान ल्याउन सफल भएका हुन् ।

यस्तै कार्यक्रममा कोहलपुर २ का वडा अध्यक्ष हरि कठायत, ८ का वडा अध्यक्ष लाल बहादुर राना, ६ का वडा अध्यक्ष श्रीकृष्ण थारू, ४ का वडा अध्यक्ष मुवारक अलि गुजर, १० का वडा अध्यक्ष गौरा भट्टराई र ईप्रका कोहलपुरका प्रमुख (डिएसपी) सुन्दर तिवारी लगायत यश्कर सदस्य, आजिवन सदस्य, विशिष्ट सदस्य, जुनियर रेडक्रस सर्कल विद्यार्थी, पूर्व पदाअधिकारी, शाखाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम उपशाखा कोहलपुरका कार्यालय प्रमुख युवराज पोख्ररेलले सञ्चालन गरेका थिए ।