बैजनाथकाे न्यु सिटिमा महाेत्सव सञ्चालन हुँदै




बाँके ।

नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ गाउँपालिका समिति अध्यक्ष दुर्गा बहादुर घिमिरेको अध्यक्षमा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रबिधि प्रदर्शनी, ब्यापार एवं पर्यटन महोत्सव सर्बपक्षिय बैठक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही, बिशिस्ट अतिथि बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, बिशिस्ट अतिथि संबिधान सभा सदस्य दल बहादुर सुनार, अतिथि नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रिय सदस्य कुबेर रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके जिल्ला अध्यक्ष मधु खड्का, बैजनाथ उद्योग बाणिज्य संघ अध्यक्ष जनार्दन पोख्रेल, राष्ट्रिय स्वतन्त्र पार्टी बाँके क्षेत्र नम्बर ३ सभापति भिम बहादुर खड्का, नेकपा माओवादी केन्द्र बैजनाथ अध्यक्ष जय बहादुर बि क (प्रदिप) र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला वरिष्ठ उपाध्यक्ष भागवत कडेल, नेपाल ईट्टा ब्यवसाय संघ बाँके अध्यक्ष एवं लुम्बिनी प्रदेशको उपाध्यक्ष देब बहादुर ओली लगाएत स्थानीय वडा अध्यक्ष शिक्षक क्लबका प्रतिनिधि महिला उद्यमी लगाएत स्थानीयहरुको उपस्थितिमा सर्बपक्षिय बैठक सम्पन्न भएको थियो ।

प्रमुख अतिथि प्रकाश बहादुर शाहीले स्थानीय स्तरमा पहिलोपटक नेपाल घरेलुु तथा साना उद्योग महासंघले प्रथम बैजनाथमा उत्पादन भएका कृषि साना तथा मझ्यौला र महिला उद्यमीहरुले उत्पादन गरेका उत्पादक बस्तुहरु बिक्री बितरण गर्न र बैजनाथको पर्यटकिय स्थलहरुको प्रचारप्रसारका लागी ब्यापार मेला आयोजना गर्न थालेकोले स्थानीय सरकारले पुर्ण रूपमा सहयोग समर्थन गर्ने सफल बनाउन सबैलाई एकताबद्ध हुन अनुरोध गरे ।

बिशिस्ट अतिथि दल बहादुर सुनारले सम्पुर्ण बैजनाथ कोहलपुर र बाँसगढीका खजुरा लगाएत आसपासका क्षेत्र बाट मेला भर्न आउने भएकोले खजुरा देखि न्यु सिटि कोहलपुर मेला स्थान सम्म सार्बजनिक यातायात संचालन गर्न स्थानीय उत्पादनलाई प्राथमिकता दिन अनुरोध गरे ।

कार्यक्रमका सभाध्यक्ष दुर्गा बहादुर घिमिरेले बैजनाथमा ऐतिहासिक रूपमा प्रथम बैजनाथ तथा छैठौं प्रादेशिक औद्योगिक लघु घरेलु कृषि तथा प्रबिधि प्रदर्शनी ब्यापार एवं पर्यटन महोत्सव २०८० सफल पार्न स्थानीय सरकार विभिन्न राजनैतिक दल समाजसेवी बुद्धिजिबि महिला उद्यमी संघ संस्था लगाएत विभिन्न ब्यक्तिहरुले महोत्सव सफल पार्न सुझाव सहित एक्यवद्धता जाहेर गरेकोमा अध्यक्ष घिमिरेले सबैलाई धन्यवाद ब्यक्त गर्दै आएका सुझाव सल्लाह अनुसार महोत्सव संचालन गरीने बताउदै कार्यक्रम समापन गरे ।

सर्बपक्षिय कार्यक्रमको संचालन नेपाल घरेलुु तथा साना उद्योग महासंघ बैजनाथ महासचिव कमल सुबेदीले कार्यक्रम संचालन गर्नुभएको महासंघका वरिष्ठ उपाध्यक्ष सुमन विश्वकर्माले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २८ गते शनिबार