रेडक्रस उपशाखा कोहलपुरका पुर्व सभापति गौडेल सम्मानित

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको नेपाल रेडक्रस उप शाखा कोहलपुरले १९ औ वार्षिकोत्सवमा पुर्व सभापति नारायण गौडेललाई सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाईटी कोहलपुर उपशाखामा सभापति गौडेललाई स्थापना कालदेखि निरन्तर अहोसत्र खटी मानविय सेवामुखी गतिविधिमा हातेमालो गरेको भन्दै सम्मान गरेको हो ।

यस्तै सम्मान हुनेमा यशकर सदस्य यम रावत, अर्जुन प्रसाद सुवेदी, दुर्गा बहादुर थापालाई सम्मान गरेका हो । यस्तै सम्मान हुनेमा विशिष्ट सदस्यहरु विजय थापा, रमेश खत्री, लक्ष्मण बहादुर सिंह, महेन्द्र प्रसाद शर्मा, बदिनाथ सापकोटा, कर्ण बस्नेत र निम बहादुर खत्रीलाई सम्मान गरेको हो ।

शनिबार नेपाल रेडक्रस सोसाईटी उप शाखा कोहलपुरका सभापति दिनेश सिग्देलको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथि पुर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै वार्षिकोत्सब सुरू भएको थियो ।

यस्तै रेडक्रस सोसाईटीका सह सचिव बद्रि सापकोटाले स्वागत मन्तव्य राखेका थिए । यस्तै कार्यक्रम उपशाखा कोहलपुरका कार्यालय प्रमुख युवराज देवकोटाले सञ्चालन गरेका थिए ।