वागेश्वरी बहुमुखी क्याम्पसमा कार्यरत क्रियाशिल प्राध्यापक संघ संगठनद्वारा संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी

शिवध्वज शाही, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा प्राध्यापकहरुका ३ वटा क्रियासिल संघसंगठन सभापति तथा अध्यक्षहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन । मध्यपश्चिम विश्वविद्यालयले दशवटा त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त पब्लिक क्याम्पस लाई विश्वविद्यालयमा समायोजन गर्नेबेला देखि हाल सम्मका तमाम समस्या लाई उठान गरेका छ्न । उनीहरुले हाल विश्वविद्यालयमा भएका विभिन्न समस्या लाई वार्ता, छलफल र संवादको माध्यबाट निराकरण गर्न माग गरेका छ्न ।

विज्ञप्तीमा भनिएको छ वागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भए संगै यस क्याम्पसमा रहेका तमाम समस्याहरु तत्काल विधिी संवत समाधान हुनु पर्ने र सम्पूर्ण विश्वविद्यालयका हरेक गतिविधिहरु कानुन, नीति र विधी अनुसार सञ्चालन हुनु पर्छ भन्ने हाम्रो दृढ विश्वास रहेको छ। आंगिक क्याम्पस समायोजन हुँदा विश्वविद्यालयको आठौ सिनेट बैठकले गरेको निर्णय र नियमावलीका आधारमा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई कार्यरत साविक पदमा यथावत समायोजन हुनुपर्नेमां विविध कारण देखाई लामो समय देखी कार्यरत प्राध्यापक तथा कर्मचारीहरु हालसम्म पनि करार, आंशिक र घटुवा पदमा रहनु परेको अवस्था जगजाहेर नै छ । यस खालका तमाम समस्यालाई मध्येनजर नगरी विगत केही समय अगाडि देखि मध्यपश्चिम विश्वविद्यालयको गरिमा र साखलाई कमजोर बनाउने र विश्वविद्यालयको प्राज्ञिक र शैक्षिक गतिविधिमा गतिरोध सिर्जना गर्ने जस्ता कार्यहरु विभिन्न पक्षबाट निरन्तर भईरहेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। पछिल्लो समय विश्वविद्यालयमा विकसित भएका समस्याहरुलाई समाधान गर्न सम्बन्धित सरोकारवाला पक्षहरु बीच आपसी संवाद, छलफल, सहमति र सहकार्यमा आधारमा टुंग्याउनु हुन सम्पूर्ण सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं भनिएको छ । प्रजातन्त्रवादी प्राध्यापक संघ वागेश्वरी बहुमुखी क्याम्पस एकाइ समितिका सभापति एकराज शर्मा, नेपाल प्रगतिशील प्राध्यापक संगठन वागेश्वरी बहुमुखी क्याम्पस एकाइ कमिटीका कार्यवाहक अध्यक्ष राजेश थापा र नेपाल राष्ट्रिय प्राध्यापक संगठन एकाइ कमिटीका अध्यक्ष जयकृष्ण न्यौपानेद्वारा हस्ताक्षर गरिएको संयुक्त रूपमा विज्ञप्ती जारी गरेका हुन । प्राध्यापक तथा कर्मचारीका माग गरेका यस्ता छ्न ।

१. आंगिक क्याम्पसमा रहेका करार प्राध्यापक तथा कर्मचारीहरुलाई नियमावलीमा भएको व्यवस्था अनुसार तत्काल विशेष आन्तरिक प्रक्रियाद्धारा स्थायी गर्नुपर्ने । विगत लामो समय देखी कार्यरत आंशिक प्राध्यापक र कर्मचारीहरुलाई करार बनाउनु पर्ने र समायोजनमा घटुवामा परेका प्राध्यापक तथा कर्मचारीहरुलाई साविक पदमा बढुवा गर्नु पर्ने ।
२. आंगिक क्याम्पसहरुमा लामो समयदेखि कार्यरत स्थायी सेवामा कार्यरत प्राध्यापकहरुलाई पदोन्नति, वृत्तिविकास र पेशागत उन्नयनको प्रकिया बढाउनु पर्ने ।
३. विगत केही समय देखी विभिन्न सरोकारवाला पक्षद्धारा विश्वविद्यालयमा गरिएको आन्दोलनले प्रत्यक्ष र परोक्ष रुपमा विश्वविद्यालय र आंगिक क्याम्पसमा रहेका समस्यालाई समाधान गर्न बाधा उत्पन्न भएकाले तत्काल सरोकारवाला सम्पूर्ण पक्षहरुले वार्ता तथा संवादका माध्यमबाट समस्याको समाधान यथासिघ्र गर्न हुन ।
४. भर्खरै नेपाल सरकारद्वारा प्रस्तावित उच्च शिक्षा विधेयक, २०८० मा विश्वविद्यालयको वर्गिकरण गर्दा हाम्रो विश्वविद्यालय लगायत अन्य संघिय विश्वविद्यालयहरुलाई प्रादेशिक विश्वविद्यालयमा बनाउने गरी प्रस्तावित गरिएकाले उक्त प्रस्तावप्रति हाम्रो गम्भिर असहमती जनाउदै संघिय विश्वविद्यालयमै कायम राख्नका लागि सरोकारवाला पक्षहरुको ध्यानाकर्षण गरि संयुक्त विज्ञप्ती जारी गरेका छ्न । यस्तो छ विज्ञप्ती