प्याब्सन बाँकेले भव्य रुपमा मनायो स्थापना दिवस (फोटो फिचर)

कोहलपुर ।

प्याब्सन बाँकेले आज ३३औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । कोहलपुर नगरपालिकाको पिपल चौताराबाट सुरु भएको प्रभातफेरी न्यूरोड हुँदै गोलपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रभातफेरी कार्यक्रममा विभिन्न मयूर नाच र पञ्चेबाजा सहित ३६ वटा विद्यालयले आफ्नो ब्यानर सहित झाँकीमा सहभागि भएका थिए । प्याब्सन बाँकेमा आबद्ध १ सय १४ विद्यालय भएपनि ३२ वटा विद्यालय मात्र सहभागि भएका थिए ।

स्थापना दिवसमा एक स्कुल एक शिक्षक सम्मान गर्न, विज्ञान प्रदशनी, उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कार समेत दिएका थिए । कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले स्थापना दिवस तथा शिक्षक सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए भने प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कोहलपुर नगर प्रमुख आचार्यले संस्थागत विद्यालयहरुले शैक्षिक क्षेत्रमा महत्वपूर्ण योग्दान गरेको भन्दै प्रसंसा गरे । नगरपालिकाबाट निजी विद्यालयहरुलाई कहाँ के सहयोग गर्नुपर्छ ? त्यसलाई लिखित रुपमा आएमा आफ्नो क्षेत्रबाट हुने सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

यस्तै प्याब्सन बाँकेका अध्यक्ष यम रावतले स्थापना दिवस तथा शिक्षक सम्मान कार्यक्रम सहभागि हुने सम्पूर्ण विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, विद्यार्थीहरुलाई धन्यवाद दिए ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, इलाका प्रहरी कोहलपुरका प्रमुख (डिएसपी) सुन्दर तिवारी, जिल्ला ट्राफिक कार्यलयका प्रमुख गोपीकृष्ण सुवेदी, प्याब्सनका केन्द्रिय सदस्य सुनिल गुप्ता लगायत प्याब्सनमा आवद्ध विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, विद्यार्थीहरु समेत सहभागिता रहेको थियो ।