श्रीकृष्ण प्रणामी युवा परिषद्ले ४७ घरपरिवारलाई बलाङ्केट वितरण

कृष्ण कुमार शाही, बैजनाथ ।

बाँकेको बैजनाथ गाउँपालिकामा श्रीकृष्ण प्रणामी युवा परिषद्ले ४७ घरपरिवारलाई बलाङ्केट वितरण गरेको छ ।

सोमबार श्रीकृष्ण प्रणामी युवा परिषदले बैजनाथ गाउँपालिका १ र ३ वडामा रहेका अशक्त, असहाय, अति विपन्न, विपन्न दलित, सुत्केरी र सबै भन्दा जेष्ठ नागरिक बलाङ्केट वितरण गरेको हो ।

श्रीकृष्ण प्रणामी युवा परिषद्का सचिव रामलाल देवकोटाले प्रेम उपहार स्वरुप चिसोबाट बच्न अशक्त, असहाय, अति विपन्न, विपन्न दलित, सुत्केरी र सबै भन्दा जेष्ठ नागरिकलाई बलाङ्केट वितरण गरेको बताए ।

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका अध्यक्ष राजकुमार गजुरेलको अध्यक्षता भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय उपाध्यक्ष कौशल फुयालले प्रमुख अतिथिमा बलाङ्केट वितरण गरिएको हो ।

श्रीकृष्ण प्रणामी युवा परिषद्का केन्द्रिय उपाध्यक्ष कौशल फुयालले बलाङ्केट वितरण कार्यक्रममा बोल्दै चिसोबाट बच्न र बचाउन सामाजिक कार्यमा समन्वय र सहकार्य गर्नुपर्ने बताए ।

बलाङ्केट वितरण कार्यक्रमलाई सहयोग गर्नुहुने कृष्ण प्रणामी युवा परिषद नेपाल, समाजसेवी, वुद्धीजीवी, परिषद्का पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।