Kohalpur Today Header Ads

कोहलपुर न्यूरोडमा नगरपालिकाले लगाएको विरुवा अज्ञात समूहले गर्र्‍यो विनास




कोहलपुर ।

कोहलपुर नगरपालिकाको न्यूरोडमा लगाइएको विरुवाको विनाश गरेको छ ।

सोमबार राती न्यूरोडमा लगाईएका करिब ५ वटा विरुवा र ट्रि गार्डलाई विनास गरेको कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर टुडेलाई जानकारी दिए ।

LIfe Ok

कोहलपुर नगरपालिकाकालेलगाइएको विरुवाको विनास गर्ने जो कोही भएपनि अनुसन्धान गरी कडाभन्दा कडा कारवाही गर्ने चेतावनी नगर प्रहरी प्रमुख थापाले बताए ।

कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्य सामाजिक सञ्जालमा लेख्छन्, बडो मिहिनेतका साथ कोहलपुरलाई हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ सुरु गरिएको वृक्षरोपण र संरक्षण कार्यक्रममा विभिन्न व्यक्ति, संघसस्थाको रचनात्मक साथ र सहयोग प्राप्त हुँदै आइरहेको छ । हामी सहयोगी सबैका प्रती पुनः आभार ब्यक्त गर्दछौं । तर हाम्रो यो अभियानमा जोडिन पनि नसक्ने र बिरुवाहरु मास्न उद्दत उछृङ्खल व्यक्ति समूह प्रती खेद प्रकट गर्दछौ । माथी देखाइएका तस्बिरहरु कोहलपुर न्यूरोड क्षेत्रका बिरुवाहरु हुन् । आज रातको समय पारेर यो बिनाश गरिएको छ । दोषीको खोजी गरौं र दण्डित गरौं ।’ लेखेका छन् ।

कोहलपुर नगरपालिकाले व्यापक वृक्षरोपण गरेर सुरु गरिएको हरित कोहलपुर अभियानलाई सफल बनाउन विभिन्न सङ्घसंस्थाले बिरुवा संरक्षणका लागि २१८ वटा ट्रि गार्ड सहयोग गरेका थिए ।

वृक्षरोपण गरिने तर संरक्षणमा ध्यान कम दिँदा अधिकांश बिरुवा मरेर जाने वा छाडा चौपायाले नष्ट गर्ने हुँदा विरुवाको संरक्षण गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाबाट २ सय १८ थान ट्रि गार्ड सहयोग प्राप्त भएको छ ।

कोहलपुरलगायत बाँकेका सङ्घसंस्था, बैंक वित्तीय संस्था र व्यक्तिहरुले हालसम्म ६ लाख ९७ हजारभन्दा बढी रकमको २ सय १८ वटा ट्रि गार्ड सहयोग गरेका छन् ।

कोहलपुर नगरपालिकाको हरित अभियानप्रति ऐक्यबद्धता जनाउँदै बैंक, वित्तीय संस्था, प्याब्सन र एन प्याब्सन, उद्योगी व्यवसायी लगायत शैक्षिक संस्थाहरु गरेर ३८ वटा संस्थाले सहयोग गरेका छन् ।

नगरमा ३ हजार ४० कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिको बिरुवा र अन्य ५ सय गरेर नगरभरी ३ हजार ५ सय बिरुवा रोपिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २४ गते मंगलबार