Kohalpur Today Header Ads

माछा मार्न गएका पुरूष खोलामा मृत फेला




मकवानपुरमा एक जना पुरूष मृत फेला परेका छन्। बागमती गाउँपालिका वडा नम्बर ४ झुरझुरे बस्ने अन्दाजी ३५ वर्षीय गोपाल थिङ सोमबार २:१५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार थिङ आइतबार अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए। तर उनी अबेरसम्म पनि नफर्किएपछि आफन्तहरू खोजी गर्न हिँडेका थिए।

खोजी गर्नेक्रममा उनको शव बागमती खोलामा फेला परेको हो। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस २३ गते सोमबार