प्याब्सनको ३३औं स्थापना दिवस : एक स्कुल एक शिक्षक सम्मान हुँदै

कोहलपुर ।

बाँकेमा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (व्याब्सन) ले ३३औं स्थापना दिवसमा एक स्कुल एक शिक्षक सम्मान गर्न लागेको छ ।

आइतबार पत्रकार सम्मेलनमा प्याब्सन बाँकेका अध्यक्ष यम रावतले ३३औं स्थापना दिवसमा एक स्कुल एक शिक्षक सम्मान गर्न, विज्ञान प्रदशनी, उत्कृष्ट विद्यार्थीलाई सम्मान सहित पुरस्कार दिने लगायत विविभ साँस्कृति कार्यक्रम गर्न लागेको बताए ।

प्याब्सनको स्थापना दिवसमा पञ्चेबाजा, मयूर नाच सहित संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारी, स्कुल व्यानर पोशाकमा कोहलपुर पिपल चौतारा, विद्युतरोड, न्यूरोड हुँदै गोलपार्कमा कोणसभा हुने गरी प्रभातफेरी हुने प्याब्सन बाँकेका अध्यक्ष यम रावतले बताए ।

रावतका अनुसार २४ गते (मंगलबार) का दिनमा कोहलपुर ११ भ्यु टावर नजिकै रहेको खुल्ला मैदानमा ३३औं स्थापना दिवस मनाउन लागेको छ । प्याब्सन बाँकेमा आवद्ध १ सय १४ जना विद्यालयबाट सहभागि हुनेछन् ।

प्याब्सनको स्थापना दिवस कार्यक्रममा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथि रहनेछन् भने नेपालको शिक्षामा लगानीको योगदान बारे २ सुझावबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।