मुगुका १६ सय जना बालबालिकालाई न्यानो ज्याकेट वितरण

कोहलपुर ।

मुगुको खत्याड गाउँपालीकाका १६ सय बढि बालबालिकाहरुलाई न्यानो जाकेट वितरण गरिएको छ । शुक्रबार सोवरस एक्सन नेपालको सहयोग र हामी नेपालको व्यवस्थापनमा तथा खत्याड गाउँपालीकाको समन्वयमा १६ सय जना बालबालिकाहरुलाई न्यानो ज्याकेट वितरण गरिएको हो ।

खत्याड गाउँपालिकाका ४ वटा मावि र ५ वटा आधारभूत गरी ९ वटा विद्यालयका करिब १६ सय जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गरिएको हामी नेपालका जिल्ला संयोजक युवा समाजसेवी अनिल बानियाँले बताए ।

हिमाली जिल्लाका मुगुमा हिउँदको महिना चिसोको कारणले बालबालिकाहरु विद्यालयसम्म नआउने र पठनपाठनमा समस्या देखिएकाले स्थानिय युवाहरुको पहलमा पठनपाठनमा टेवा पुग्ने मुख्य उदेश्यले यो कार्यक्रम गरिएको बानियाँले बताए ।

खत्याड गाउँपालिकामा रहेका लोकप्रिय मावि गम्था, सरस्वती मावि रिखियाँ, जनजागरण मावि सेरी, महादेव मावि ह्याङ्लु र रारा आधारभुत विद्यालय रोल, सुमा माई आधारभुत विद्यालय डाडियाँ, बालज्योती आधारभूत विद्यालय श्रीकोट, सरस्वती आधारभूत विद्यालय आम, नेपाल राष्ट्रिय आधारभूत विद्यालय खर्कका १६ सय बालबालिकाहरु न्यानो ज्याकेट बितरण गरिएको हो ।

यस्तै न्यानो ज्याकेट वितरण कार्यक्रमका स्थानीय समन्वय लोकप्रिय मावि गम्थाका माविका शिक्षक रतन बहादुर शाहीले गरेका थिए भने जनप्रतिनिधि र स्थानिय सरकारका तर्फबाट वडा नं ११ का वडा अध्यक्ष रामकृष्ण कार्की, युवा समाजसेवी सुशील घोडासैनी, गजेन्द्र प्रसाद उपाध्याय र संस्थाका स्वयंसेवक अंग बहादुर बानियाँले सो कार्यक्रममा सहयोग गरेका थिए ।