भाग १ : बार्षिक साधारण सभा वैधानिक की अवैधानिक ?

कालो झण्डा देखाउने थाहा पाएपछि केन्द्रिय अध्यक्ष ढकालले ह्वाटसवबाट सम्बोधन

कोहलपुर, डिल्ली शाही ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको कोहलपुर उद्योग बाणिज्यको साधारण सभा वैधानिक की अवैधानिक ? भन्ने प्रश्न अहिले उठिरहेको छ ।

आज भएको कोहलपुर उद्योग बाणिज्य संघको १० औं साधारण सभा तथा २५औं रजत जयन्तीमा सदस्यहरु नै नआएपछि साधारण सभामा गरेका गतिविधिहरु वैधानिक की अवैधानिक हुन भन्ने प्रश्न उठन थालेको छ ।

उवासंघले प्रत्येक वर्ष बार्षिक साधारण सभा गर्नुपर्ने हुन्छ तर निर्वाचन भएको तीन वर्षको अन्त्यमा बाध्यात्मक अवस्थामा बार्षिकोत्सव गरेकोभएपनि वार्षिक प्रतिवेदन समेत प्रस्तुत भएन ।

लक्ष्मणराज पौडेल निर्वाचन हुँदा करिब ३५ सय बढि सदस्यहरु भएको उवासंघमा सदस्य थिए । अहिले किन ५ सय भन्दा कमले नविकरण गरे ? भन्ने प्रश्न उब्जिएको छ ।उवासंघ कोहलपुरमा अहिले करिब ५ सय सदस्यले नविकरण गरेका छन् । नविकरण गरेका कुल सदस्यहरु मध्ये करिब ३० प्रतिशत समेत उपस्थिति भएनन ।

बन्द सत्रको अवस्था

उता उवासंघको साधारण सभामा केन्द्रिय अध्यक्ष आउने भनिएपनि कोहलपुरका व्यवसायीले कालो झण्डा देखाउने र कालो मोसो दल्ने भनेपनि आएनन तर उनले ह्वाटसवबाट नै सम्बोधन गरे । ह्वाटसवबाट नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले करिब ४ मिनेटसम्म कोहलपुरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि पहल कदमी भईरहेको भन्दै आश्वासन दिए ।

साधारण सभाको स्वागत मन्तव्य राखेका उवासंघका कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले आर्थिकका कारणले प्रत्येक वर्षमा बार्षिक साधारण सभा हुन नसकेको बताए । तर अहिले पनि अर्थिक अवस्था कमजोर छ तैपनि बार्षिकोत्सव नगरी नहुने बाध्यता आएपछि मात्र साधारण सभा गरेको पौडेलले बताए ।

यस्तै साधारण सभामा बोल्दै नेकपा एमालेका कोहलपुरका नगर अध्यक्ष नम प्रसाद आचार्य आफ्ना सदस्यहरुको व्यवसायीको हकहित र संरक्षण भनेकै व्यवसायी नै भएको बताए ।

यस्तै नेपाली काँग्रेसका बाँकेका सभापति नारायण गौडेलले यहाँ भष्टाचार भो, कुशासन भो, अनिमियता भो, यो राम्रो भएन भनेर किन नभन्ने ? आफ्नो पार्टीका कार्यकर्तालाई कालो झण्डा किन नदेखाउने ? भन्दै प्रश्न गरे । त्यो शाहास राख्नुपर्छ । सभापति गौडेलले उवासंघमा आबद्ध व्यापारीहरुको छाता संगठनका सदस्यहरुले बाहिर कुरा गरेर हुँदैन्, यहाँ छलफलको विषय बनाउनुपर्छ । छलफलमा आउने वातावरण तयार गराउन नसक्नु उवासंघका पदाअधिकारीहरुको तागत, क्षमता राख्न सक्नुपर्छ तर त्यो देखिन गौडेलले भने ।

साधारण सभाको उद्घाटनको अवस्था

यस्तै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना शर्माले व्यापारीहरुको समस्याका बारेमा कसले बोल्ने ? भन्दै प्रश्न गरिन् । घरभाडामा व्यवसायीहरुको समस्या समाधानका लागि प्रमुख एजेण्डा बनाई उवासंघका सदस्यहरुका बारेमा पहल कदम गर्नुपर्नेमा जोड दिइन् ।

यस्तै कार्यक्रममा बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा, कर्णाली प्रदेश वाणिज्य संघका पदम शाही, कोहलपुर ११ का पूर्व वडा अध्यक्ष कर्ण बहादुर थापा, नरेन्द्र प्रसाद शर्मा, चिन्तामणि धिताल, चक्र अधिकारी लगायत उवासंघका करिब १ सय ९५ जनाक सदस्यहरुको सहभागिता रहेको थियो ।

याे हेर्नुहाेस् ।

बार्षिक साधारण सभा वैधानिक की अवैधानिक ?