Kohalpur Today Header Ads

ढकेरीमा आधारभुत तह प्रथम वडा स्तरीय खेलकुद छनोट प्रतियोगिता सम्पन्न (फाेटाे फिचर)




कविन्द्र परियार ।

राप्तीसोनारी गाउँपालिका वडा न ९ स्थित गणेश माध्यामिक विद्यालयको आयोजना र वडा नं ९ को वडा कार्यालयको सहयोगमा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद छनोट प्रतियोगिता तथा छैठौं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता २०८० आधारभुत तह प्रथम वडा स्तरीय खेलकुद छनोट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।

प्रतियोगीताको लुम्बिनी प्रदेश शहरी विकास मन्त्री कृष्णा के सी ‘नमुना’ ले उद्घघाट्न गरेकी हुन् । उद्घाटनसत्रमा बोल्दै मन्त्री नमुनाले गणेश माध्यामिक विद्यालय राप्तीसोनारी-९ को पुराना विद्यालय भएको बताउँदै विद्यालयको विकासका लागि आफूले सग्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राप्तीसोनारी ९ को विकासका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्ने मन्त्री नमूनाले बताइन् ।

LIfe Ok

यस्तै कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडाध्यक्ष सोहनलाल थारुले विद्यालयमा पढाईसंगै खेलकुदको विकास पनि महत्वपुर्ण रहेको बताउदै वडा कार्यालयले प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक खडानन्द डाँगीले सबैको सहयोगका कारण विद्यालयले प्रतियोगिता सम्पन्न गर्न सफल भएकोले आगामी दिनहरुमा पनि सहयोग र समन्वय कायम राख्न आग्रह गरे ।

प्रतियोगितामा आधारभुत १०० मिटर छात्र दौडतर्फ जनता मावि बैजानाथपुरमा अध्ययनरत दिलिप वली प्रथम, गणेश मावि ढकेरीमा अध्ययनरत शनी परियार द्धितीय र नेरा आवि महादेवामा अध्ययनरत मुस्कान वली तृतीय भएकी छन् ।

यस्तै आधारभुत १०० मिटर छात्रा दौडतर्फ नेरा आवि महादेवामा अध्ययनरत शुशिला थारु प्रथम, गणेश मावि ढकेरीमा अध्ययनरत इन्द्रा थारु द्धितीय, जनता माविमा अध्ययनरत रेजिना वली तृतीय भएकी छन् ।

यस्तै आधारभुत तहको छात्रा २०० मिटर दौडतर्फ गणेश मावि ढकेरीमा अध्ययनरत अभिषेक वली प्रथम, नेरा आधारभुत विद्यालय महादेवामा अध्ययनरत आयुष थापा द्धितीय, सरसस्वती आधारभुत विद्यालय गुरुवागाउमा अध्ययनरत दिनेश वली तृतीय भएका छन् ।

त्यस्तै छात्रा २०० मिटर दौडतर्फ गणेश माविमा अध्ययनरत इन्द्रा थारु प्रथम, नेरा आविमा अध्ययनरत आकृति थारु द्धितीय, जनता माविमा अध्ययनरत नन्द कली खत्री तृतीय भएकी छिन् ।

यस्तै आधारभूत तह छात्रातर्फ ४०० मिटर दौडमा जनता माविमा अध्ययनरत दिलिप वली प्रथम, गणेश माविमा अध्ययनरत रमिता थारू द्धितीय र नेरा आवि महादेवामा अध्ययनरत अनिल थारु तृतीय भएका छन भने छात्रा दौडतर्फ ४०० मिटर दौडमा गणेश माविमा अध्ययनरत इन्द्रा थारु प्रथम, नेरा आवि महादेवामा अध्ययनरत वर्षा थारु द्धितीय र जनता माविमा अध्ययनरत दिपा बम तृतीय भएकी छिन् ।

यस्तै प्राथमिक तह चम्चा दौड प्रतियोगितामा गणेश मावि ढकेरीमा अध्ययनरत छात्र सोहित थारु प्रथम, सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत छात्रा पुनम थारु द्धितीय र रेणु गुप्ता तृतीय भएकी छिन् ।

यस्तै आधारभुत तहको गणित दौड प्रतियोगितामा महादेवपुरी सनराज ईमि स्कुलमा अध्ययनरत छात्रा प्रयाना थारु प्रथम, गणेश मावि ढकेरीमा अध्ययनरत छात्रा आस्था थापा द्धितीय र नेरा आवि महादेवामा अध्ययनरत छात्र निशान थारु तृतीय भएका छन् ।

यस्तै प्रतियोगितमा उत्कृष्ट स्थान प्राप्त गर्ने छात्रा/छात्रहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी रेग्मीको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, समाजसेवी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार