मध्यवर्तीका बासिन्दाले संसदीय समितिलाई बुझाए ज्ञापनपत्र




कविन्द्र परियार । 

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाले आफ्ना मागहरू राख्दै कृषि सहकारी तथा प्राकृति श्रोत संसदीय समितिलाई ज्ञापनपत्र बुझाएका छ्न ।

बुधबार कोहलपुर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले बाँकेले आयोजना गरेको मध्यवर्ती क्षेत्रका जनसमुदायले भोगेको समस्याका सम्बन्धमा कृषि सहकारी तथा प्राकृति श्रोत संसदीय समितिका माननीय ज्युहरु संगको अन्तर सम्वाद विषयक कार्यक्रममा समितिका सदस्यीय विर बहादुर बलायरलाई ज्ञापनपत्र बुझाएको हो ।

कार्यक्रममा ज्ञापत्र प्रस्तुत गर्दै कार्यक्रममा सभा अध्यक्ष तथा कोहलपुर नगरपालिका वडा न १२ का वडाध्यक्ष बिरेन्द्र शाहले मध्यवर्ती क्षेत्रका बासिन्दाले निकुञ्जका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले लालपुर्जा पाउन नसकेको बताउदै ऎलानी जग्गामा बन्यजन्तुले गरेको क्षेतिको राहत समेत नपाउने समस्या भएको न्युनतम शुल्कमा नदीजन्य पदार्थ प्रयोग गर्न नपाएको मध्यवर्ती क्षेत्रमा धार्मिक संरक्षण बनाउन नमिल्ने जस्ता कानुनलाइ संशोधन गरि जनताको हित हुने कानुन निर्माण गर्नुपर्ने बताए । त्यस्तै सडक निर्माण गर्दा बाटोमा पर्ने रुखहरु समेत हटाउन पाउनुपर्ने नियम बनाइनुपर्ने उनको भनाइ थियोे ।

कार्यक्रममा ज्ञापन पत्र बुझ्दै कृषि सहकारी तथा प्राकृति श्रोत संसदीय समितिका सदस्य तथा कार्यक्रममा प्रमुख अथिति बिर बहादुर बलायरले सरकारले बनाउने कानुन जनताको हितमा हुनपर्ने बताए । हामीले जनताको हितमा काम गर्ने भनेर बाचा गरेर आइसकेपछि उनकै हितमा ऎन नियम निर्माण गरी सहजता प्रदान गर्नुपर्ने हुन्छ उनले भने  ।

कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष गेहेन्द्र कुमार खड्काले आफुहरु संरक्षणको हिमायती हुदाहुदै पनि निकुञ्जको ऎन र नियम जनताको हितमा नभएको बताए । ७० हजार मध्यवर्तीका बासिन्दाले संरक्षण गरिरहेको निकुञ्ज व्यवहारिक निती निर्माण गरिदिनुपर्ने माग राखे ।

कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सविधानले जनतालाइ जग्गाको मालिक बनाउने कुरा गरेपनि निकुञ्जको नियम बाधक बनेको बताए ।

मध्यवर्ती क्षेत्रमा भुमी व्यवस्थापनको कामलाई अगाडी बढाउने काममा निकुञ्ज बाधक भएको बताउदै पौडेलले संघका निर्माण गरिएको कानुनले स्थानीय तहका जनप्रतिनिधिले समस्या झेल्नुपरेको बताए ।

कार्यक्रममा बोल्दै बाँके क्षेत्र न १ का संघीय सांसद सुर्य ढकालले निकुञ्जको नियम जनतमुखी नभएका कारण हरेक विकास निर्माणका कामहरु गर्दा निकुञ्ज बाधक बन्दै आएको बताए ।

साथै उनले निकुञ्जको नियमलाइ परिमार्जन गरी जनताको हितमा निर्माण गरिनुपर्नेमा जोड दिए । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राप्तीसोनारी गाउँपालिकाका वडा न १, ८ र ९ कोहलपुर नगरपालिकाका वडा न २, १२ र १३ बैजनाथ गाउँपालिकाको वडा न १ र ४ वडाहरु रहेका छ्न ।  बाँके राष्ट्रिय निकुञ्जमा ९ वटा मध्यवर्ती क्षेत्रहरु रहेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १९ गते बिहीबार