काेहलपुर ।
बाँकेको राप्तीसोनारी गाउँपालिका-१ कुसुममा मंगलबार सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न रक्त नमूना संकलन गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताए ।
खासकुश्माका राप्तीनदि पारिका विकट तथा छरिएको बस्तीहरुबाट लक्षित समुह थारू, खुना र कुमाल जातिका नागरिकहरुको रक्त नमूना संकलन गरिएको खासकुस्मा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महताराले जानकारी दिए ।
संकलित रक्त नमूना परिक्षणका लागि मंगलबारनै कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा पठाइएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।
खासकुशमा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महतारा, सि.अ.हे.ब. हरि बस्नेत र ल्याब टेक्निसियन अर्चना चौधरी रक्त नमूना संकलनमा खटिनु भएको थियो ।
यो नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्नेछ । चैत्र मसान्तसम्म चल्ने शिविरमा करिव तीन हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा प्रत्येक एक पटकमा ३०-४० वटा नमूना संकलन गर्ने लक्ष्य पालिकाले लिएको केसीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्