आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरू

काठमाडौँ।

आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को शुरुवात भएको हो ।

यो संवत नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरूको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरूले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।