ज्ञानकुञ्ज ईमि इस्कुलमा बालबालिकालाई ट्राफिक नियम सिकाउँदै ट्राफिक प्रहरी

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ईमि इस्कुलमा ट्राफिक नियमसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

एक कार्यक्रम गरी बालबालिकाहरुलाई सडकमा वारपार गर्दा, साइकलमा हिड्दा अपनाउनुपर्ने उपाया सहित विभिन्न ट्राफिक नियमहरुका बारेमा ट्राफिक प्रहरीले अन्तरक्रिया कार्यक्रम गरिएको ज्ञानकुञ्ज ईमि स्कुलका सञ्चालक महेन्द्रजंग कार्कीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।