दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला




बुटवल ।

दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला प्रहरीले जनाएको छ।

केसी पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिँडेको र सोहि दिन नै उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यलय दाङका एसपी रामबहादुर केसीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार