कोरिया जान नपाएको झोकमा युवाहरूले जलाए मन्त्रीको गाडी

काठमाडौं।

ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएकाे छ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले शुक्रबार बा २ झ ५८६१ नम्बरको मन्त्रीकाे गाडीमा आगजनी गरेका हुन्।

प्रदर्शनकारीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेकाे प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर उनीहरूले गाडीमा आगो लगाएका हुन्।