काेहलपुर ।
कोहलपुरमा मंगलबारदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा फर्जी विद्यार्थी खेलाएपछि एभरेस्ट सैनिक मावि कारवाहीमा परेकाे छ ।
संस्थागत विद्यालयकाे संगठन प्याब्सनमा आवद्व एभरेस्ट माविले छात्रा भलिबलमा फर्जी विद्यार्थी खेलाएपछि ३० हजार जरिवाना सहित कारवाहीमा परेकाे आयाेजकले जनाएकाे छ ।
भलिबलकाे पहिलो खेलमा ग्रिन पिस माविलाई पराजित गर्दै विजय भएकाे एभरेस्ट माविले पुन ब्राईटलाईटसंग क्वाटर फाईनकाे लागि खेलमा समेत जित हासिल गरेकाे थियाे ।
उक्त खेलमा फर्जी खेलाडी खेलाईएकाे पाईएपछि कार्वाही गरीएकाे खेल संयाेजक चन्द्र गुरूङले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्