बैजनाथमा जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा ६ सय बढि जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको छ ।

बुधबारदेखि १ देखि ८ वडा कार्यालय कार्यालयमा गाउँपालिका अध्यक्ष प्रकाश बहादर शाही, उपाध्यक्ष, सबै वडा अध्यक्ष सहित पदाअधिकारीहरुको सहभागितामा ६ सय बढि सिरक वितरण गरिएको हो ।

प्रत्येक वडा कार्यालयमा कार्यक्रको आयोजना गरी चालू आर्थिक वर्षको कार्यक्रम अन्तर्गत करिब ६ सय ५४ जना जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष शाहीका अनुसार जाडोको समयमा न्यानो बनाउन केही सहयोग पुगोस भन्ने उद्देश्यले फाइबर सिरक वितरण गरिएको बताए । शाहीका अनुसार पालिकाभित्र ७० र ७१ वर्षसम्मका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको बताए ।

पालिकाको कुल ९ लाख बजेटबाट करिब ६ सय ५४ जना जेष्ठ नागरिकलाई सिरक वितरण गरिएको शाहीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार