Kohalpur Today Header Ads

कोहलपुर मेयरकप : मार्च पासमा पञ्चमुखी र जन ज्ञानज्योति द्धितीय




कोहलपुर ।

कोहलपुरमा आजदेखि सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिताको मार्च पासमा वेस्टर्न ईमि स्कुल प्रथम भएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर नगरपालिका–२ स्थित तेह्र विघा खेल मैदानमा सुरु भएको प्रतियोगिता कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगिता १३ गतेसम्म सञ्चालन हुनेछ । कोहलपुर नगरपालिकाको आयोजना तथा कोहलपुर नगर खेलकुद विकास समितिको सञ्चालन र व्यवस्थापनमा प्रतियोगिता भएको हो ।

कोहलपुर नगरपालिकाका भित्रका ३६ वटा (सामुदायिक तथा निजि विद्यालय) हरुको सहभागितामा हुन लागेको कोहलपुर मेयर कपममा ३४ वटा विद्यालयहरुले मार्च पासमा सहभागि भएका थिए ।

जसमा कोहलपुर ५ मा रहेको वेस्टर्न ईमि स्कुल प्रथम भएको छ भने कोहलपुर ५ मा रहेको पञ्चमुखी ईमि स्कुल र कोहलपुर १ मा रहेको जन ज्ञानज्योति मावि द्धितीय भएका छन् ।

यस्तै कोहलपुर १२ मा रहेको ग्रिन पिस मावि तृतीय भएको आयोजक समितिका सदस्य सचिव वीरेन्द्र मल्लले बताए ।

यस्तै प्रतियोगितामा ३६ माध्यामिक विद्यालयका १ हजार ३ सय ६७ जना खेलाडी (छात्रछात्रा)हरुले प्रतियोगितामा सहभागि हुनेछन् । जसमा छात्र ७ सय ९६ जना र छात्रा ५ सय ७१ जना रहेको मल्लले बताए ।

प्रतियोगितामा एथ्लेटिक्स, भलिवल, कपडी र मार्सलआर्ट (तेक्वन्दो, उस्सु र कराँते) का चार इभेन्ट समावेश गरिएको छ । यो वर्षदेखि मार्सलआर्ट विधा थप भएको छ । प्रतियोगितामा ५० गोल्ड मेडलका लागि प्रतिस्पर्धा हुनेछ ।

कोहलपुर नगरपालिका जिल्ला स्तरीय प्रतियोगितामा लगातार दुई वर्षदेखि प्रथम हुँदै आएको छ । गत वर्ष जिल्ला स्तरीय प्रतियोगितामा कोहलपुर नगरपालिका प्रथम भएको थियो । जसमा २१ गोल्डमेडल, २२ शिल्भर र २९ कास्य पदक सहित जिल्ला प्रथम भएको थियो ।

सम्बन्धित समाचार

व्यवसायिक खेलाडी उत्पादनमा सहयोगी बन्न चाहेका छौं : नगर प्रमुख आचार्य

काैसिल्या अस्पताल प्रा.लि.
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस १० गते मंगलबार