अष्टम साना किसान सहकारीद्धारा ९ वटा सेवा केन्द्रका सञ्चालक समितिलाई क्षमता अभिवृद्धि तालिम




कोहलपुर ।

बाँकेको राप्तीसोनारी गाउँपालिका ८ मा रहेको अष्टम साना किसान कृषि सहकारी संस्थाले ९ वटा सेवा केन्द्रका सञ्चालक समितिका सदस्यहरुलाई दुइ दिने क्षमता अभिवृद्धि तालिम दिएको छ ।

सहकारी संस्था अन्तर्गतका ९ वटा सेवा केन्द्रका सञ्चालक समितिका सदस्यहरुलाई गत मंसिर २७ गतेदेखि तालिम दिन सुरु गरिएको थियो ।

जसमा बैजनाथ गाउँपालिका सम्झाना सेवा केन्द्रमा गत मंसिर २७ र २८ गते, शम्शेरगज सेवा केन्द्रमा पुष २ र ३ गते, बिनौना सेवा केन्द्रमा पुष ५ र ६ गते र खजुरा सेवा केन्द्रमा पुस ७ र ८ गते सञ्चालक समितिका पदाधिकारीहरुलाई सेवा केन्द्र सञ्चालन सम्बन्धि तालिम दिइएको संस्थाका मुख्य प्रबन्ध हरिश्चन्द्र केसीले जानकारी दिए ।

तालिममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, जिल्ला संघ बाँकेको प्रबन्ध संचालक नवराज उपाध्याय, अष्टम साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष देव बहादुर वली, संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसी, कर्जा अधिकृत कृष्ण केसी, लेखा अधिकृत नारायण खनालले सहजीकरण गरेका थिए । तालिममा ९ वटा सेवा केन्द्रका १ सय २३ जनाको सहभागीता रहेको थियोे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० पुस ८ गते आइतबार