पुलबाट खसेर एक जनाकाे मृत्यु

गौरादह ।
झापामा पुलबाट खसेर एक जनाकाे मृत्यु भएकाे छ ।

जिल्लाकाे मेचीनगरमा पुलबाट खसेर बुद्धशान्ति- ५ का ४५ वर्षीय होमबहादुर पोखरेलको मृत्यु भएको हाे ।

दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।